चाडवाडको मौकामा गरिने मनपरीलाई रोक्न कसले कदम चाल्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 01:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दु नेपालीको महान पर्व दशैँ सकियो, दशैँपछि अर्को दोस्रो ठूलो चाड तिहार लगतै भित्रिने तर्खरमा छ । दशैँमा पोहोर सालको नाकाबन्दीको जस्तो सास्ती नभएपनि यात्रुले निकै दख कष्ट भोग्नु पर्यो । टाढा टाढाका यात्रुहरु आफ्नो मूल घर जान समेत पाएनन । अग्रिम टिकट खुलाएको दिनमै व्यवसायीले टिकट सकिएको उर्दि गरेपछि यात्रुहरु निकै मारमा परे । जसरी पनि आफ्नो घर जानुपर्ने यात्रुको बाध्यतामा यातायात व्यवसायी भने कसरी सताउन सकिन्छ भन्दै आफ्नो दाऊ हेरिरहेका थिए ।

यमुना अर्याल

सरकारले दुर्घटनाका शृखला बढेपछी केही मात्रामा भएपनि सवारी साधनमा गरेको कडाई यातायात व्यवसायीलाई मान्य भएन । उनीहरु जसरी पनि सरकारको निर्णय उल्टने र आफ्नो विगतको जस्तो एकछत्र राज हुनुपर्ने अडानमा उभिए । केही सिप नलागेपछि व्यवसायीहरु बाध्य भएर आफ्नो कर्तव्य पुरा गर्नतिर लागे । छतमा यात्रु राख्न दिनुपर्छ , यदि दिइदैन भने जाँदा यात्रु लएर टन्न भरिएको बस फर्कदा रित्तो हुन्छ त्यसको पैसा सरकारल दिनुपर्छ सम्म भन्न भ्याए व्यवसायीले ।

सोझो अर्थमा के बुझिन्छ भने विगतका वर्षहरुमा मुडामा, छतमा , क्याविनमा जहाँ जसरी कोच्दा यात्रु अट्छन अटेसम्मको खाँद्ने चलन त फर्कदा रित्तो हुँदाको इन्धनको क्षतिपूर्ति पो रहेछ । आफ्नो व्यवसायको नाफा घाटाको लागि यात्रुको अमूल्य जीवन धरापमा पार्ने यातायात व्यवसायी र चालकको गम्भीर लापरवाही उपर कहाँ प्रश्न उठाउने ? यात्रु कहिले सिन्डिकेटको मारमा, कहिले यातायात व्यवसायीको चर्को मूल्यकको मारमार, कहिले सवारी साधन नपाउने पिडामा जताबाट जसरी भएपछि मारमा पर्ने त यात्रु नै हो ।


 प्रहरीले पछिल्लो समयमा चेकजाँचमा कडाई गरेकोले पनि यसपटक सवारी चालकले उतिसाह्रो मनपरि गर्न पाएनन । सवारी दुर्घटना दिनदिनै बढ्दै जाने र अधिकाँश दुर्घटनामा सवारी चालकको मनपरि प्रमुख कारक मानिएका कारण पनि यस पटक प्रहरीले आफ्नो तदरुक्ता राम्रैसँग देखाएको पाइयो । कतिपय स्थानमा टाइम कार्डको समेत व्यवस्था गरिएको छ । यो व्यवस्थाले पनि सवारी दुर्घटना निकै कमी आउने विश्वास प्रहरी र स्वयम यात्रुको पनि छ । टाइम कार्डको व्यवस्था हरेक राजमार्गमा गर्ने हो र त्यसको निगरानी बढाउने हो भने सवारी दुर्घटनाका जनधनको क्षति हुन पाउने थिएन ।

रफतारमा हुँइकिएको गाडीलाई एकैछिन भएपनि  रोकेर प्रहरीले यात्रुँसँग कुराकानी गर्ने, गाडी कत्तिको हुँकाएको छ ड्राइभरले यात्रुसँग सोध्ने, विस्तारै चलाउन भन्नु है भन्दै यात्रुलाई सुझाव दिने परिपाटी विपि राजमार्गमा सुरु भएको रहेछ । विपि राजमार्गमा व्यवस्था गरिएको टाइम कार्ड जस्तै सवारीको तिब्र चाँप हुने अन्य राजमार्गमा पनि यो पद्धती अवलम्बन गराउन सक्ने हो भने कालमार्गको रुपमा परिचित हाम्रा सडकहरु साँच्चिकै राजमार्गको दर्जामा गनिने थिए । 
 
अझँ कतिपय स्थानमा त आफुले छतभरि यात्रु राख्न पाउनुपर्ने, अस्थायी रुट परिमिटको व्यवस्था हटाउनुपर्ने लगाएतका माग राखेर यातायात व्यवसायी  र सोसँग सम्बन्धित पक्षहरु यातायात बन्द गर्ने अवस्थासम्म  पुगे । ठुला सवारी साधनको माग र आन्दोलन एकातिर थियो भने ट्याक्सीवालाको आन्दोलन अर्कातिर । ट्याक्सी चालकले पनि सरकारको निर्णय नमान्ने भन्दै आन्दालनको घुर्कि दिएका थिए । आन्दोलनमा पनि उत्रिए ।

दशैँका बेलामा सडकभर सडकमा ट्याक्सी नै देखा परेको पाइएन, एकाद पाइएका पनि छोइनसक्नु मूल्यमा थिए । ट्याक्सी चालकको माग पनि अचम्मको छ, उनिहरुले जति मूल्य भन्छन त्यति तिरेर यात्रु जान राजी भए ठिक  नत्र सरकारले निर्धारण गरेको मापदण्डमा उनिहरु चल्न राजी छैनन । अहिले पनि कुनै कुनै बाहेक ट्याक्सीहरु मिटरमा गुड्न मान्दैनन । यति दिनेभए जाने हा नत्र जाँदैन उनिहरुको बनावटी जवाफ आउँछ ।
 
दशैँको दुईदिनपछि राजधानी फर्कँदा पक्तिकार स्वयमले यो पिडा भोग्नु पर्यो । सिन्धुलीबाट काठमाण्डौँ आएको भाडा छ सय निर्धारण गरिएको छ त्यति पैसामा काठमाण्डौँ आइपुगियो । बबरमहलाट कलंकीजाँदा सात सय तिर्नुपर्ने अवस्था आयो । सडकमा ट्याक्सी निकै पातला देखिन्थे बल्लतल्ल पाइएका ट्याक्सीको पनि भाऊ छोइनसक्नु । बाध्यताले महगो मूल्य चुकाउन पर्ने अवस्था एकातिर छ भने चाडबाडको बहानामा मनपरि गर्ने परिपाटी अर्कातिर विद्यमान छ ।

यस्तो बाध्यता दशैँमा थुप्रै यात्रुले भोग्नुपर्यो । यो अहिलेको मात्रै समस्या होइ । सधैभरी चाडवाडको मौकामा यस्तो प्रवृति दोहोरिदा पनि सम्बन्धित पक्षको मौनता अचम्मको छ । यात्रुको बाध्यताको मौका छोपेर यातायात व्यवसायीहरु मनपरि गर्ने मनसायमा लागेको पाइन्छ । अनुगमन गर्ने निकायको अभावमा आफुले जे गरेपनि हुन्छ भन्ने मनोभावनाका कारण सडकमा सवारी चालकको राज चलिरहेको छ ।
 
ठूला सवारी साधनलाई चेकजाँच गर्न नहुने, छतभरि यात्रु राख्न पाउनुपर्ने, ट्याक्सीवाला मिटरमा नचल्ने उनिहरुले भनेको बोलीलाई ब्रह्मबाक्य सम्झेर यात्रुले खनखनी पैसा तिर्नुपर्ने, अनुगमन गर्ने निकायले सकभर अनुगमन नगर्ने यस्तो दोहोरो तेहोरो मारमा यात्रुहरु कहिलेसम्म परिरहने ? तिहारमा पनि धेरै यात्रुहरु आफ्नो मूल घरसम्म जान खोज्छन त्यो बेलामा पनि उहि दशैँको फेहरिस्त नदोहोरिएला भन्न सकिदैन ।

यात्रुले यो त चर्को मूल्य भयो भन्दा चालकको एउटै जवाफ हुन्छ, चाडवाड हो यो बेलामा पनि धेरैथोरैको कुरा गरेर हुन्छ ? यात्रुले नाजवाफ भएर उसले भनेको मूल्य तिर्नुपर्ने हुन्छ । अनुगमन गर्ने निकायसँगै व्यवसायीको मिलोमतो भएको गुनासाहरु पनि बेलाबखतमा आउने गरेका छन । सिन्डिकेटको खारेजीको कुरा आउँदा को कससँग कतिको हिस्सामा मिलोमतो रहन्छ भन्ने कुराको डाटासहित पूर्व मुख्य सचिव लिलामणी पौडेलले खुलासा गर्दा अचम्म मान्नुपर्ने अवस्था आयो । ठूलासाना कोही कहीँबाट अछुत नभएपनि यात्रुमात्रै मारमा पर्नुपर्ने बाध्यता छ । चाडवाडको मौकामा गरिने मनपरिलाई रोक्नतिर कदम चाल्ने हो कि ? चाडवाडको  रौनकता भन्दा पनि सास्ती र पिडालाई सम्झनुपर्ने बाध्यताको अन्त्य होस् । दशैँमा जस्तो सास्ती तिहारमा भोग्न नपरोस ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved