'हलोदेखि हाइड्रोसम्म' जोड्नु पर्छ अर्थतन्त्रलाई जनताको चुलो र खल्तीसंग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2016 | 01:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल किन विकास भएन ? नेपालमा के को अभाव छ ? अभाव स्रोतको कि सोंचको ? यसमा धेरै टिका टिप्पणीहरु भई रहेका छन्। यहि सिलसिलामा हामीले विकासमा केहि योगदान दिने उदेश्यले ‘शनिबारे विकास बहस’ शृंखला सुरु गरेका छौ। यस अघि हामीले गैर आवासीय नेपाली संघका युवा उपसंयोजक लोकराज शर्माको विचार प्रस्तुत गरेका थियौ । बहसको आजको शृंखलामा मेगा बैंकका कार्यकारी अधिकृत अनिल शाह। 

हलो देखि हाइड्रोको विकास पनि नेपालको बिकासका लागि काफी छ । हाम्रा युग नायकहरुले जीवनको प्रवाह नगरी बनाइदिएको यो देश सर्वागुण सम्पन्न छ । प्रकृतिले अनुपम बिसमता दिएकी छन् । साचै के छैन हामीसंग सबथोक छ । नभएको भनेको ससक्त नेतृत्त्व र सकारत्मक सोंच मात्रै हो। यति भए स्विट्जरल्यान्ड र सिंगापुर त होइन, बिकसित र आधुनिक नेपाल बन्छ। 

जोडौ अर्थतन्त्र र समाजलाई 
हामीले अंगालेका आर्थिक नीति र हाम्रो सामाजिक स्वरुपको समन्वय अभाब नै हाम्रो बिकासको बाधक हो । अर्थतन्त्रको ट्रयाक एकातिर छ, समाजको गति अर्कोतिर छ। साचै बिकाश गर्ने हो भने अब ठुल्ठुला कुरा छोड्ने पर्छ । नेपाली समाजको सांस्कृतिक गतिसंग अर्थतन्त्रलाई  चुलोसंग जोडे देश आफै बिकसित हुन्छ ।
 
हामि सास्कृतिक रुपमा खुब धनि छौ । यिनै संस्कृति जोगाउदै हामीले हाम्रो आर्थिक स्वरूप निर्धारण गर्नुपर्छ । जसरि आयातित चिज कमजोर हुन्छ , त्यसरीनै आयातित संस्कृति र आर्थिक नीतिहरुको जग पनि कम्जोर हुन्छ । त्यसले मौलिकतामा विश्वास गर्दै आफ्नै स्वरुपलाई उन्नति गर्न हामि लाग्नु पर्छ । 

अर्थतन्त्रका पाच खम्बा 
नेपाली अर्थतन्त्रका आधार पाच खम्बा हुन्। यिनको दोहन बिकास सर्ने नेपालको समग्र बिकास हो कृषि, सेवा, पर्यटन, खानी र जन सम्पतिलाई  स्तरोन्नति गरे देशले कायापलट गर्ने पक्का छ ।
 
कृषि देशको आधार हो । राज्य निजि क्षेत्रले सहकार्य गरेर कर्पोरेट एग्रिकल्चरको जग बसाल्न जरुरि छ । यस्तै सेवा क्षेत्र बिस्तार र प्रभावकारी बनाउन आवस्यक छ। 

खानि र जन सम्पतिमा न त राज्यको ध्यान गएको छ , न निजि क्षेत्रकै । हामीलाई चाहिने जनशक्ति हाम्रो आवश्यकता अनुसारको हुनुपर्छ। अहिले जस्तो न त थ्यौरिटिकल न त प्राक्टिकल पढाईले हाम्रो आवश्यकता पुरा  हुदैन। 

सोसियलिस्ट बाटो नराम्रो होइन 
समाजबाद पटकै नराम्रो होइन तर संबिधानमा लेखेर देश समाजबादी बन्दैन । अर्थतन्त्रका आयामहरुलाई जनताको चुल्हो र उसको दौरा या साडीसंग जोड्नु नै समाजबाद हो। तर एकथरि समाजबादीहरु केन्द्रीकरणमा मस्त र व्यस्त  छन्  भने अर्को थरि बिरोधिहरु पनि भिन्न सैलिमा खुलापनको नाममा आफ्नै भुडी भर्न आतुर छन् । 

हाम्रो जस्तै जियो सिचुएसन र जिओ पोलिटिकल भएको देशले सम्बन्धहरूमा असाध्यै सावधानी अपनाउनु पर्दछ । संबिधानमा देशको अर्थतन्त्र समाजबाद उन्मुख लेख्दैमा कोहि आतिनु पनि आवश्यक नि छैन । न त संबिधानमा राख्दैमा देश समाजबादी हुन्छ, न त नलेख्दैमा अनुबादी हुन्छ। अबको समय लेखाइलाई कार्यान्वयन गर्ने बेला भएको छ । समाजबाद संसार भरि नै छ । खालि स्वरुपमा मात्रै भिन्नाता हो । 

कुरो सात वटा प्रान्तको 
केन्द्रीकरणले देशको बिकास भएन । यही भनेर हामीले अहिले देशलाई सातवटा प्रान्तमा विभाजन गरेका छौ र राज्यलाई स्थानीय प्रदेससंग छुट्टा छुट्टै सम्पतिको बिनियोजन गरेका छौ।
 
साचै देशलाई प्रान्तीय मोडेलमा विकास गर्ने हो भने अब प्रान्तका राजधानी तोक्न ढिला गर्नु हुदैन। र सबै प्रान्तका राजधानीलाई एक अर्कासंग  जोड्ने र तिनलाई काठमाडौँसंग जोड्ने विभिन्न लिंक तयार पार्नैपर्छ। 

स्थानिय सबलताको आधारमा सबै प्रान्तले आफ्नो पहिचान निर्माण गर्नुपर्छ र त्यसको आधारमा कथामाडौँसंग सौदाबाजी गर्नैपर्छ 

रिङ रोड भित्रको बजार 
मेरो बुझाइमा हामीले सेयर बजार जतिनै ठुलो भयो भने पनि यो रिङ रोड भन्दा बाहिर जान सकेको छैन। खुल्ला बजारपनि अन्तत चुलो र खल्तीसंग जोड्नु पर्छ। 

‘शनिबारे विकास बहस’ शृंखलामा यस अघिका प्रस्तुति

नेपालको विकासका लागि लोकराज शर्माका ५ 'मन्त्र'

नेपालको विकासका लागि प्रदिप ज्ञवालीका ४ 'मन्त्र'

करिष्माको करिष्माई कन्सेप्ट: विकास प्रकृति मैत्री हुनुपर्छ

'नेपालको विकास न त भर्जिन रह्यो न त गर्भवति नै'- रामहरी खतिवडा (सांसद,नेपाली कांग्रेस)

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved