सस्तो पत्रकारितामा कन्चन र उनको कानुनी अधिकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 12:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

वास्तवमा आमा भन्दा ठूलो सत्य अरु छैन र सन्तानका लागि आमाको देन अतुलनीय रहन्छ । किनकी नौ महिना कोखमा राखेर जन्म दिने आमा सत्य हुन् र उनको योगदान संसारका अरु कुनै सुख संग तुलना गर्न सकिदैन । कुनै पनि आमाले उनका सन्तानको कुभलो गर्न त परै जाओस कल्पना सम्म गर्न सक्दिनन् । 

यदि कसैले कुनै छोराछोरीले आफू सुख सयलमा रमाई आफ्नी आमाको दुखद जिवन भएको टुलु टुलु हेर्न सक्दछन् भन्छ भने त्यसो भन्ने व्यक्ति ममतासंग परिचित नै छैन । आमाको गुणगान गाएर जिवन भर बसे पनि यो आमाको योगदानको अगाडि फिक्का नै हुन्छ । आमाको चहर्याई रहेको घाउमा मल्हम लगाई उनले पाएको दुःख मा साथ दिने साथै सुखी बनाउने हरेक छोराछोरीको कर्तव्य हुन आउँछ । चाहे त्यो आफ्नै कोखबाट जन्मिएको होस् या अरुको । किनकी आमा आमा नै हुन् चाहे जो सुकैकी भए पनि ।

सायद यसैले होला कान्तिपुर टेलिभिजलका सुमन खरेलले पनि एक आमाको चित्कारलाई सम्बोधन गर्नका खातिर कन्चन शर्मा आमालाई आफ्नो कार्यक्रममा ल्याई उहाको बेदना उहाँका सन्तान समक्ष पुर्याउने जमर्को गर्नुभयो । र सामाजिक संजालमा एक आमा प्रतिको माया र सहानुभूतिमा सुमन खरेलको कार्यक्रमको प्रशंसा, पबित्र नेपालकी दीक्षा चापागाईले यि आमा प्रति गरेको पवित्र कार्यको सराहानाका पुष्प गुच्छाहरु छरपष्ट हुने गरी व्यक्त भए । साथै उहाँले जन्म दिएका सन्तान मात्र होईन सारा बाबुआमाका सन्तानले कन्चन आमा प्रति आ– आफ्नो बुद्धि, बिबेक तथा क्षमता बमोजिम सहानुभूति प्रकट गर्नु भयो त्यो चाहे “यदि कुनै प्रेम पहिलो नजरमा पर्छ भने मेरो पहिलो नजरले मैले मेरी आमालाई देखेको थिएँ” भन्ने जस्ता निकै मर्म स्पर्शी तथा मिठास पूर्ण भावनामा होस् या “कन्चनका जस्ता कुपुत्र जन्मिनु भन्दा त नजन्मेकै बेस” भन्ने जस्ता आक्रोश पूर्ण भावना मा होस् सबैको एउटै बोलि र मर्म झल्किरहयो, त्यो हो जे जसो भए पनि आमालाई हेला होईन माया गर्नु पर्छ । 

“यदि कुनै प्रेम पहिलो नजरमा पर्छ भने मेरो पहिलो नजरले मैले मेरी आमालाई देखेको थिएँ” भन्ने जस्ता निकै मर्म स्पर्शी तथा मिठास पूर्ण भावनामा होस् या “कन्चनका जस्ता कुपुत्र जन्मिनु भन्दा त नजन्मेकै बेस” भन्ने जस्ता आक्रोश पूर्ण भावना

एक आमा प्रतिको माया र सहानुभूतिमा चढाएका शव्द गुच्छा, त्यसबाट उनले प्राप्त गरेको उपलव्धि अनुरुप नै सुमन संगको कार्यक्रममा पवित्र नेपाल नामक संस्थाकी दीक्षा चापागाईले निज आमा कन्चनलाई फोहोरको थुप्रोबाट उठाई ल्याएको यो अवस्थामा आउनका लागि अनुकरणिय योगदान दिएको भनी निकै खुलेर प्रशंशा गरिरहे पनि अहिले आएर चन्दा थापाले कन्चन फोहोरको थुप्रोबाट नभई सफा सडकको पेटीबाट आफ्नै प्रत्यक्ष सहभागितामा उद्धार गरिएका यथेष्ट प्रमाणहरु समेत राखी लेख प्रकाशित भईसकेको र उनले अन्र्तवार्ताका क्रममा पटक पटक दीक्षा चापागाईले निज कन्चनलाई फोहोरको थुप्रोबाट उठाई ल्याएको भनी नाम पुकारीरहेको दृष्यबाट के ती आमा साच्चििकै आफ्नो अन्तरआत्माबाट बोलिरहेको हो वा उनलाई त्यो भनीरहनका लागि सिकाईएको थियो भन्ने एक गहिरो प्रश्न उव्जिएको छ । साथै यस परिस्थितिमा यहासम्म की पबित्र समाजले गरेको कार्य साँच्चै पबित्र र बैधानिक होलान् ???? भन्ने कुरामा प्रश्न खडा भएको छ । तर प्रचारबाजी लगाएतका अन्य सम्बन्धमा जे जसो भएको हो त्यसको वास्तबिकता पबित्र नेपालकी दीक्षा चापागाई नै जवाफदेही होलिन् तरपनि ती आमालाई गरेको स्याहार सुसार एक आमा प्रतिको सम्मान नै हो ।

नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्मका मौलिक अधिकार तथा कर्तव्य  अन्तर्गत खान पाउने, बाच्न पाउने, औषधि उपचार पाउने भन्ने लगाएतका थुप्रै व्यवस्था रहेको र यस्ता हक राज्य बिरुद्ध कुनै पनि नागरिकलाई उपलव्ध हक हुन् । जुन् हामीलाई परिवार मार्फत राज्यले उपलब्ध गराईरहेको हुन्छ । तर परिवारले उक्त जिम्मेवारी पूरा नगरेका भनिएका कन्चन शर्मा जस्ता नागरिकहरुको लागि राज्यले व्यवस्था गर्नुपर्ने भएता पनि त्यसको उचित कार्यान्यनमा राज्य गम्भिर तथा जवाफदेही हुनुपर्छ ।

यदि कन्चन शर्माले अन्तरवर्तामा भनेझैं उनलाई उनका ईन्जिनियर पति मोहन सुवेदीले फोहोरको डुंगुरमा फालेर गएको तथा उनका छोराहरुले समेत वास्ता नगरेको हो भने एक आमा मथि गम्भिर अपराध भएकै मान्नु पर्छ, तर पछिल्लो समयमा निज मोहनले केहि अनलाईल पत्रिका तथा फेसबुक लगाएत सामाजिक संजालमा म पीडित हो पीडक  कन्चन हुन्, उनीसंग मेरो सबन्ध बिच्छेद भईसकेको छ भन्ने अभिव्यक्ति दिए लगत्तै यस स्तम्भकार पनि कानून व्यवसायी भएको नाताले वास्तवमा समाजमा सम्मनीत जिवन जिउने अधिकार सबैको हुन्छ र यदि निज मोहन रेग्मीले लिएको जिकिर साँचो हो भने उनि तथा उनको परिवारमाथि अन्याय भएको ठहर्ने कुरामा कुनै दुईमत रहेन ।
 
यसर्थ यो बुझ्न सीथै बाजुरा जिल्ला अदालतमा त्यहाका श्रेष्तेदार श्री दुर्गा भट्टराईलाई स्वयं आफै सम्पर्क गरी यथार्थ बुझ्दा निज कन्चन शर्मा रेग्मी ले ललिपुर जिल्ला अदालतमा पति मोहन रेग्मी बिरुद्ध अंश समेतको सम्बन्ध बिच्छेद मुद्धा दायर गरेकीमा स्वयंले नै मुद्धामा तारेख गुजारी बसेको कारण मिति २०६८।०७।०७ मा मुलूकी ऐन अदातती बन्दोबस्तको १८५(क) देहाय २ नं बमोजिम डिसमिस फैसला भएको र कन्चन बिरुद्ध बाजुरा जिल्ला अदालतमा मोहन सुवेदीले दायर गरेको मुद्धामा निज कन्चन शर्माले अदालतको म्याद बुझी प्रतिउत्तर नफिराई बसेको हुदा मिति २०६८।१०।३ गते माननीय जिल्ला न्यायाधीश श्री रामेश्वरनाथ अमात्यको ईजलासबाट बादी दाबी बमोजिम सम्बन्ध बिच्छेद हुने गरी फैसला भएको भन्ने कुरा पुष्टि हुन आएको छ । उक्त मिति २०६८।१०।३ को फैसलाले निजहरुको पति पत्नीको सम्बन्ध समाप्त भईसकेको छ ।
 
अंश सहितको सम्बन्ध बिच्छेदको मुद्धा लिएर ललितपुर जिल्ला अदालतमा प्रवेश गरेकी भएता पनि मुद्धामा बादीले म्याद गुजारी बसेकोमा मुलूकी ऐन अदातती बन्दोबस्तको १८५(क) देहाय २ नं बमोजिम डिसमिस फैसला भएकोले कन्चनले उक्त फैसलाबाट कुनै सम्मत्ति नपाएको र उता बाजुरा जिल्ला अदालतमा मोहन रेग्मीले श्रीमति ३ बर्ष भन्दा बढी समय सम्म सम्पर्क बिहिन भई घर बाहिर छुट्टै बसेको आधारमा दायर गरेको मुद्धाको म्याद बुझी प्रतिउत्तर समेत नफिराई बसेको कारण अदालतबाट मोहनको माग दावी बमोजिम एकतर्फी फैससला भएकोले कन्चनले उक्त फैसलाबाट समेत कुनै पनि सम्पत्ति नपाएको स्पष्ट छ । तर कानूनत उनको सम्पत्तिमाथि कान्तिपुर टेलिभिजनमा सुमनसंग दिएको अन्र्तवर्तामा भनेजस्तो गास बास कपासको ब्यबस्था मोहनबाट गरिनु पर्ने अवस्था कानूनतः समाप्त भएको छ । किनकी न्याय माग्नेले मात्र पाउँछ, आफ्नो अधिकारका सम्बन्धमा मैले जानेको थिईन भन्न पाउने छुट कानूनले कसैलाई पनि दिएको छैन (Ignorance of law is no excuse) ।

एक महिला जसले एकतर्फी रुपमा एक ईन्जिनियर जस्तो प्रतिष्ठित पेशाकर्र्मीे आफ्नो पति रहेको र निजले फोहोरको थुप्रोमा छोडेर गएकोले ७ बर्ष सम्म सडकमा जिवन गुजारेको, त्यसैमा कन्चन स्वयं नर्सिङ्ग तथा स्नातक उर्तीर्ण रहेको बताईरहेको सामान्य व्यक्तिले पनि सजिलै पत्ता लगाउन सकिने निकै controversy कुराकानी रहेको अन्र्तवार्ता लाई प्रसारण गर्नुले सस्तो तथा लापरवाही मिडियाबाजी लाई र्इंगित गर्दछ । साथै एकलाई सम्मान गर्ने प्रयासका खातिर सुमनले प्रश्न गर्ने शैलि देख्दा अब के उत्तर आउनु पर्छ भन्ने अनुमान गरी जवाफसूचक प्रश्नहरु गरिनु र प्रश्न गर्दा निकै एकपक्षिय ढंगले प्रस्तुत हुन आएको मा यस्तोमा सत्य तथ्य एक पटक जाँच गरिसकेपछि कार्यक्रम प्रस्तुत गर्नु पर्दैन ?? किनकी पत्रकारिता आचार संहिता code of conduct मा कसैको व्यक्तिगत जिवनमाथि आँच आउने गरी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न नपाईने कुरा एक पत्रकार सुमन जानकार थिएनन् ??
 
एक ईन्जिनियर जस्तो प्रतिष्ठित व्यक्ति तथा उनीप्रति लगाएको आरोप सम्बन्धमा प्रतिष्ठित पत्रकार त पत्रकारिताको पेशागत शीप तथा code of condects लाई ख्याल नगरेको पाईदा यसरी सुमन खरेल जस्तो एक होनाहार तथा पत्रकारले कान्तिपुर जस्तो प्रतिष्ठित टेलिभिजन च्यानलको लागि उत्पादन तथा प्रसारण गरेको कार्यक्रममा लिईएको अन्तर्वार्तामा बोलेका कुराहरुको सम्बन्धमा verify नै नगरी कार्यक्रम प्रसारण गर्नुले एक सामान्य जिवन यापन गरिरहेको परिवारको ईज्जत प्रतिष्ठा तथा दैनिक जिवनमा आँधिबेहेरी छाएको छ, सम्मनीत जिवन बाच्न पाउने मोहन तथा उनका परिपारको कानूनी अधिकार कुष्ठित भएको छ साथै सुमन खरेल तथा समग्र पत्रकारिताको बिश्वसनियता माथि नै प्रश्न चिन्ह खडा भएको छ । हरेक कार्यक्रम उत्पादन तथा प्रसारणमा सुझ बुझ गर्नु रहोस, किनकी मिडिया प्रपोगाण्डा मच्चाउने साधन नबनुन् समाज सुधारका माध्यम बनुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved