अनुभूति: घोकेर होइन घोटेर पढ्दा उत्तम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 08:58:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी जागिर खानु भनेको सानोतिनो तपस्या नै हो । एकदुइपटक असफल भएर हिम्मत हार्नेहरुको लागि त झन फलामको च्यूरा चपाए सरह हो । सरकारी जागिरमा छिर्छु भन्नेहरु नपढ्ने कोही पनि हुँदैनन , पढाइमा निरन्तरको लगाव हुँदा पनि कतिपय परिक्षार्थी उतिर्ण हुँदैनन । सरकारी जागिरे बन्ने धोको छ तर जति पढ्दापनि नाम ननिस्किएपछि विरक्तिएका उदाहरण पनि धेरै छन ।

पुस्तकका ठेली पढ्दैमा मात्र नाम निकाल्न सजिलो छैन , नाम निकाल्नेले जतिको अध्ययन ननिकाल्नेको पनि हुन्छ तर लेखाइमा भाँती पुराउन नसक्दा जति पढेपनि नाम निस्कदैन । घन घोटेर सियो बनाउने खालको पढाइ हुनुपर्छ ,घनलाइ घनकै रुपमा त जस्लेपनि प्रयोग गर्न सक्छ । खारिएको लेखाइ नभएसम्म पढेका कुराले मात्र प्रतिस्पर्धाको जाँचमा स्थान पाउँन असम्भव हुन्छ । 

यो पनि: शाखा अधिकृतको तयारी कसरी गर्ने ? पढ्नुस नेपाल सरकारका सह-सचिबका टिप्स 

चारवर्षअघि सरकारी जागिर प्रवेश गर्दाको आफ्नै अनुभवले  बताएको कुरा हो । म प्राइभेट अफिसमा काम गर्थे विहान नौँ बजेदेखी साँझ पाँचबजेसम्म । बिहानको क्याम्पस , दिउसोको अफिस त्यो पनि प्राइभेट यस्तो अवस्थामा पनि सरकारी जागिर खाने इच्छ्या मरेको थिएन । साथीहरु टिउसन पढ्थे, दिनरात कोठामा घोटिएर पढथे । आज यति पढियो , यसरी पढ्नुपर्ने रहेछ भन्थे आफु भने शनिबारपनि अफिसमै जानुपर्ने बाध्यता थियो । दिउसोको समय आफ्नो काबुमा नभएपनि रात आफ्नै हो भन्ने लाग्थ्यो रातभरी पढ्थे , मनमा इख पलाउँथ्यो, तिमीहरु दिनभरि पढेको भन्दा दुखले रातमा पढेपनि नाम निकाल्न कसो नसकुला ? समय थोरै हुँदा त्यसको जति महत्व हुन्छ प्रयाप्त समय हुँदा वास्ता हुँदैन । समय व्यवस्थापन गर्न सक्नुपनि ठूलो सफलता हो जस्तो लाग्छ । 

समय थोरै हुँदा त्यसको जति महत्व हुन्छ प्रयाप्त समय हुँदा वास्ता हुँदैन । समय व्यवस्थापन गर्न सक्नुपनि ठूलो सफलता हो जस्तो लाग्छ । 

मनमा इख हुनुपर्छ , पढ्ने फरक शैली हुनुपर्छ नाम निकाल्न कठिन रहेनछ भन्ने उदाहरण आफ्नै भोगाइले बतायो । जाँचको दिनमा पनि जाँच दिएर अफिस भ्याउनुपर्ने अवस्था थियो तैपनि मन बिचलित भएन । एकैपटक दुइठाऊँमा खरिदार एक ठाऊँमा नासुमा नाम निस्कियो । एक ठाऊँको नासु र अर्को ठाऊँको खरिदार छोडेर नेपाल विद्युत प्राधिकरणको सहायक लेखापाल (खरिदार) नै रोँजे । रातदिन घरमा पढ्ने, टिउसन धाउने साथीको नाम निस्किएन तर रातमा दुइचार घण्टा निद्रा मायाँ मारेर खटेको दुखले स्थान पायो ।

यो पनि : लोकसेवामा कसरी सफल हुने ? पढ्नुस नेपाल सरकारका उपसचिवको टिप्स

सबै पुस्तक पढ्न समय नभएकोले सम्भावित जस्तो लाग्ने विषयवस्तुमात्र छानेर पढ्ने बानी बाध्यताले बसाँले , ऐन कानूनका कुरा शुत्र बनाएरै कण्ठ गर्नैपर्ने भएकोले रटेँ अरु विषयवस्तु मौलिक रुपमा लेखे । पत्रपत्रिकामा लेख लेख्ने बानीले पनि लेखाइमा धेरै सहयोग पुरायो । सामान्यज्ञानको हकमा हरेक दिन समाचार सुन्ने, पत्रपत्रिका अध्ययन गर्ने , साँझ नियमित विविसी सुन्ने बानीले सम्भव भयो । हामीले जतिसुकै घोटिएर पढेपनि झुक्याउने सामान्य ज्ञान हो , मेरो बिचारमा समाचार नियमित ध्यान दिएर हेर्ने पढ्ने र सुन्ने बानी बसाल्ने हो र सम्झने कोशिष गर्ने हो भने समसामयिक विषयवस्तुप्रति जाँचको बेलामा मात्र होइन अरु बेलामा पनि अपडेट भइन्छ । जाँचको बेलामा मात्रै होइन समसामयिक विषयवस्तुप्रति सधैभरि आफुलाइ अपडेट राख्ने कोशिषमा हुन्छु यसले सामान्य ज्ञानको लाग मात्रै होइन लेखाइमा पनि धेरै सहयोग गर्दोरहेछ । 

मेरो बिचारमा समाचार नियमित ध्यान दिएर हेर्ने पढ्ने र सुन्ने बानी बसाल्ने हो र सम्झने कोशिष गर्ने हो भने समसामयिक विषयवस्तुप्रति जाँचको बेलामा मात्र होइन अरु बेलामा पनि अपडेट भइन्छ

केही दिनअघि नेपाल विद्युत प्राधिकरणको नासुमा प्रशासन र लेखा दुवैतर्फ नाम निस्कियो । लेखातर्फ खुल्लाबाटै सिफारिस भएँ । काखमा सानो बच्चा, घर परिवार, दिउसो अफिस जानुपर्ने भएपनि खुल्लाबाटै नाम निस्कियो । बहाना जे जस्तो बनाएर पन्छिन खोजेपनि चाहने हो लक्ष्य प्राप्तितर्फ लाग्ने हो भने असम्भव  हुँदोरहेनछ भन्ने अनुभूति आफैलाइ भयो ।

लेखाइमा अहिले त समस्या समाधान मुलकका प्रश्न सोध्ने गरिन्छ खास क्षमता दाँज्ने भनेकै यस्तै प्रश्न हुन । ऐन कानूनका कुरा सबैले कण्ठ गरेका हुन्छन तर मौलिक उत्तर दिने प्रश्नमा धेरैको अलमल हुन्छ । विज्ञका लेख रचनाले पनि यसमा आफ्ना तर्क पेचिलो बनाउनमा सघाउने मेरो अनुभवले बताउँछ । म सधै प्रशासनिक प्रबुद्ध व्यक्तिका लेख , अन्र्तवार्ता छुटाउँदिन , आफुपनि लेखन कार्यमा धेरथोर सहभागी हुन्छु यसले पनि विषयवस्तुमा थप खुराक पस्किन बासी बनाउँदैन झन ताजा बनाउँछ । धेरै पढ्ने तर जाँचको बेलामा मात्र लेख्ने बानीले धेरै पढन्तेको नाम निस्कन्न , भाँती पुराउनु पर्छ । छोटो समयमा पढ्ने धेरै बुझ्ने टेक्निक लगाउनेहरु अन्यको तुलनामा सफल भएको दखिन्छ । 

पहिले पहिले उखानै बन्थ्यो जस्ले रट्न सक्छ , पुस्तकका पाना फर्रर कन्ठ गर्न सक्छ उसैको मात्र नाम निस्कन्छ । घोक्न नसक्नेले सरकारी जागिर खाउँला भनेर नसोचेपनि हुन्छ भन्नेहरु धेरै हुन्थे । पहिलेको कोर्ष पनि त्यस्तै रट्नैपर्ने खालको थियो । केही वर्षअघिदेखी लोकसेवा आयोगले पाठ्यक्रम परिमार्जन गर्यो  त्यसपछि पहिले रटेर पास भइन्छ भन्नेहरु अव रटेर कण्ठ गरेर लोकसेवा पास गरौँला , सरकारी जागिरे बनौला भन्ने नसोचेपनि हुन्छ भन्न थाले । अझ नयाँ सविधानमा सम्पूर्ण सरकारी निकायको जाँच लोकसेवा आयोगले नै लिने व्यवस्था गरेपश्चात लोकसेवा आयोगको दायरापनि फराकिलो विश्वास पनि त्यस्तै भएको छ  भन्दा फरक पर्दैन । 

घोकेर, रटेर , कण्ठ गरेर भन्दा पनि आफुले पढ्नुपर्ने विषयवस्तु घोटेर आवश्यक मात्र पिउने पिउन नमिल्ने थन्काउने गर्नुपर्दछ यो मेरो व्यक्तिगत अनुभव पनि हो

घोकेर, रटेर , कण्ठ गरेर भन्दा पनि आफुले पढ्नुपर्ने विषयवस्तु घोटेर आवश्यक मात्र पिउने पिउन नमिल्ने थन्काउने गर्नुपर्दछ यो मेरो व्यक्तिगत अनुभव पनि हो । अहिले लोकसेवा आयोगले बिज्ञापन गर्नुभन्दा पहिलेदेखी नै कोचिगं र ट्युसनको फेशन जस्तै लहर सुरु गर्ने प्रचलन छ । मानौ लोकसेवा आयोगले वा अन्य सरकारी निकायले लिने परिक्षा पास गर्नको लागि टिउसन पढ्नैपर्छ, टिउसन नपढ्नेहरुको नामै निस्कन्न जसरी प्रचार गर्ने गरिन्छ । अझँ रिजेल्ट प्रकाशित भइसकेपछि हाम्रो सस्थाबाट यो साल यति जना अधिकृत, नासु, खरिदार या अन्य पदमा नाम निकाल्न सफल भए भन्दै दैनिक अखवारमा रंगिन विज्ञापन छपाउँछन टिउसन पढाउने अड्डाका साहुजीहरु । 

लोकसेवा पास गर्ने र भविष्यमा सरकारी कर्मचारी बन्ने धोको बोकेर रातदिन पढाइमा जोतिनेहरु हामी परिक्षार्थीहरु तिनै कुरा पत्याउँछौ अनि दश पन्ध्र हजार खनाएर टिउसन पढ्न जान्छौँ । केही समयअघि प्रशासनका विज्ञ भिमदेव भट्टको लेख गोरखापत्रमा पढ्ने मौका मिल्यो । उहाँँको भनाइपछि टिउसन प्रतिको मोह नै भंग भयो भन्दा पनि हुन्छ । भट्ट सरले भनेको भनाइलाइ आधार मान्ने हो भने , टिउसन पढाउने गुरुहरु लगभग उस्तै हुन अझ एउटै शिक्षकले चारपाँचवटा इन्स्च्यिूट भ्याएका हुन्छन ति सबै सस्थाका परिक्षार्थीले पढ्ने कुरा एउटै र उस्तै हुन्छन । परिक्षामा सबै परिक्षार्थीलाइ एउटै खाले प्रश्न आउँछ र त्यो लेख्नेको स्तरपनि लगभग समान हुन्छ किनकी उनिहरुले एउटै ज्ञान फरक फरक सस्थाबाट एउटै र उस्तैखाले गुरुबाट सिकेका हुन्छन । प्रश्नपत्र जाँचकी जहिले पनि फरक उत्तरको खोजीमा हुन्छ , जसले फरक तरिकाले प्रश्नको जवाफ लेख्न सक्छ उही सफल हुन्छ । 

हजारौँ खर्च गरेर टिउसनमै होमिनुको साटो त्यही पैसाबाट दुइचारसेट पुस्तक किन्ने र सबैको सार बुझेर आफ्नो बेग्लै नोट बनाएर अध्ययन गर्ने हो भने स्वअध्ययनबाट पनि सफल हुन सकिन्छ

हजारौँ खर्च गरेर टिउसनमै होमिनुको साटो त्यही पैसाबाट दुइचारसेट पुस्तक किन्ने र सबैको सार बुझेर आफ्नो बेग्लै नोट बनाएर अध्ययन गर्ने हो भने स्वअध्ययनबाट पनि सफल हुन सकिन्छ । एउटा नाम चलेको टिउसन पढाउने सस्थामा दुइदिन अनुभवको लागि गएँ, त्यहाँ पढाउने गुरुले एउटा गल्ती पढाए तर कुनै विद्यार्थीले त्यो गल्ती हो भनेनन । गुरुले नोट फोटोकपी गरे बाँडे, उनले लेखेको कुरा सतप्रतिशत सत्य हो भन्ने आभाष विद्यार्थीलाइ परेको रहेछ । घरमा आएर इन्टरनेटमा खोज्दा त्यो प्रश्नको उत्तर गल्ती नै भएको प्रमाणित भयो तर विद्यार्थीले सोधखोज गरेनन किनकी दश हजार पन्ध्र हजार तिरेर पढेपछि त्यो साँचो हुन्छ भन्ने भान परेको हुन्छ ।

टिउसनले अल्छीपनलाइ बढाउने र व्यापारिकरणलाइ पश्रय दिने काम बढीमात्रामा भएको पाइन्छ । केही थाहै छैन , शुन्यबाट शुरु गर्ने हो भने अवशय पनि आइडिया लिनको लागि भएपनि टिउसनका कक्षा लिनुपर्ला तर आफुलाइ विषयवस्तुको बारेमा जानकारी छ भने आफै अध्ययन गर्दा नै उत्तम ठान्नु छ । पढाउन आउने गुरुहरुले पनि तिनै पुस्तकबाट उतारेर यताउता गरेरै पढाउने हुन त्यो भन्दा त आफै अध्ययन गरेको दीगो हुन्छ । यसर्थ, घोकेर होइन आवश्यक कुरा घोटेर पढ्ने बानी बसालौँ । 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved