नेपालमा जलबिद्युतको बिषय उठ्ना साथ अरुण तेश्रोको चर्चा हुने गर्छ। धेरै मान्छे भन्छन-'अहिले हामीसंग अरुण रहेको भए हामी लोडसेडिङमा बस्नै पर्दैन थियो' । हो यो म मान्छु यदि अरुण तेस्रो बनेको भए अहिले हाम्रो अवस्था अर्कै हुने थियो। हामी बिद्युत आयातक राष्ट्रबाट निर्यातक राष्ट्र बनीसकेका हुन्थ्यौ । नेपाल आर्थिक रुपमा धेरै अगाडी बढी सकेको हुने थियो।
एमालेलाई दोष दिनु गलत
अरुण तेस्रोबाट विश्व बैंकले हात झिक्दा म अर्थमन्त्री थिए। हरिप्रसाद पाण्डे जलश्रोत राज्य मन्त्री हुनुहुन्थ्यो। विश्वबैंक हामीसंग निरन्तर सम्पर्कमा थियो। पंचायतका अन्तिम दिनमा पेरिस सहायता समूहको बैठकबाट आगाडी बढेको ४०४ मेगावाट क्षमताको यो आयोजनालाई काँग्रेसको सरकारले अगाडी बढाएको थियो।
०५१ मा भएको मध्यावधि निर्वाचनपछि नेकपा एमालेओ अल्पमतको सकार बन्यो। म अर्थमन्त्री बने संगै यो आयोजना अगाडी बढाउने प्रयत्न गरे। प्रधानमन्त्री यो आयोजना अगाडी बढाउन उत्साही हुनुहुन्थ्यो। विश्वबैंकका थुप्रै जटिल प्राबधान थिए। हामीले विभिन्न चरणमा जटिल प्राबधानलाई नेपालमैत्री बनायौ। जलश्रोत मन्त्रीले स्थलगत भ्रमण गर्नु भयो। हामी पुरै दिलो ज्यान दिएर यो आयोजना सम्पन्न गर्न लाग्यौ।
भारतले खेल खेल्यो
नेपालका थुप्रै गैरसरकारी संस्थाहरु यो आयोजना बन्न हुन्न भनेर जुरमुराएका थिए। तर हामी यो नेपालको आवश्यकता हो भनेर लागिरहेका थियौ। लिड रोलमा विश्वबैंक पुरै कन्भिन्स थियो। जापान र जर्मनीजस्ता ठुला लगानी राष्ट्र लगानी गर्न तयार थिए। यस आयोजनाले नेपालको मुहार फेरिने मात्रै होइन, नेपालको भारत निर्भरता पनि स्वाट्टै घट्थ्यो।
जब यो आयोजना बन्ने पक्का भो, भारतीय संस्थापनलाई यो स्वीकार्य भएन। उसले विश्व बैंकमा ठुलै दबाब हाल्यो। परिणामत विश्व बैक पछाडी हट्यो।
अरुण बन्दा नेपाललाई फाइदै फाइदा
यदि अरुण बनेको भए नेपाललाई धेरै फाइदा हुने थियो। एकै पटक देशले ४४० मेगावाट बिजुली पाउथ्यो। अनि जोगबनि देखि ओलांङ्चंगोला जोड्ने सडक बन्ने थियो। यसले बिजुली र सडक दुबैमा भारत निर्भरता घट्ने वाला थियो। यो बुझेको संस्थापनले नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेको र विश्वबैंकका अध्यक्ष परिवर्तन भएको मौका पारी नेपाल बिरुद्द लबिंग सुरु गर्यो।
जसरी सिक्टा आयोजनामा भारतको अब्जेक्सनले विश्व बैंक पछाडी हट्यो अरुणमा पनि त्यस्तै भयो। अरुण बनेको भए नेपाल धेरै समृद्द हुने थियो। सडकले उहिल्यै उत्तर दक्षिण जोड्ने थियो र नेपालको दक्षिण घोप्टिएको अर्थतन्त्र उत्तर तर्फ उहिल्यै बिस्तार हुने थियो।
यी सब रोक्न भारतले अरुण बिरुद्द षडयन्त्र गर्यो र देशको अत्यन्तै ठुलो आयोजना तुहाई दियो। गाउँमा बसेका अध्यक्षले सक्दिन भने । हामी सरकारमा भएका बेला विश्व बैंकको अध्यक्ष परिवर्तन भए। हामीले पुराना अध्यक्षलाई कन्भिन्स गरेका थियौ। उनि नेपालमा अरुण तेश्रो बनाउन तयार थिए।
यत्तिकैमा पुराना अध्यक्षको कार्यकाल सकियो। नयाँ अध्यक्ष आए। उनले के बुझे र हो अरुण बनाउन नसक्ने भनेर प्रधानमन्त्री मनमोहन अधिकारीलाई फोन गरे। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई गर्नुहोस भनेपछि मलाई फोन गरे। जब उनले अरुणबाट पछी हट्ने कुरा गरे, त्यसले मलाई उत्तेजित बनायो। मैले उनलाई राम्रै गरी झपारे। अन्त्यमा उनले अरुण नबनाउने त्यो लगानी नेपालकै कुनै अन्य आयोजनामा खर्च गर्न भने। म अरुण बनाउन चाहन्थे। तर उनले मानेनन। पछि यो थाहा भयो। गाउँमा बिदा मनाउन गएका उनले त्यहींबाट फोन गरेका रहेछन।
भारतीय चाँसो, चीनियाँ ट्यांकर
अरुण तेस्रो बनाउन अरुण उपत्यकासम्म सडक संजाल जोड्न पर्दथ्यो। त्यो सडकले उत्तरको सिमाना छुने पक्का थियो। ठुलो राजमार्गले चीनिया सिमा छुना साथन नेपालमा चीनियाँ ट्यांकर दौडने डर भारतमा थियो। भारतीय संस्थापन नेपाललाई दुनियाँसंगबाट एक्ल्याउन चाहन्थ्यो। त्यसैले उसले विभिन्न कोणबाट लबिंग गरेर आयोजना बिरुद्द विश्वबैंकलाई भड्कायो।