नेप्सेको पछिल्लो परिस्तिथि 'अस्तब्यस्त बनेको खोला बाढी पश्चात पुरानै बहावमा फर्किएको जस्तो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 11:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरि परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका छौं।

यस स्तम्भमा हामीले सेयर बजारसंग सम्बन्धित विशिष्ठ व्यक्ति, लगानीकर्ता, विश्लेषक, लेखक लगायतका व्यक्तिहरुबाट विभिन्न बिषयमा राय लिई समयसन्दर्भ अनुसार उहाँहरुको विचार प्रकाशित गर्छौ । यसै प्रयास अनुसार आज हामीले 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र बजार सुधारमा तत्काल गरिनु पर्ने ५ कुरा'  बारे लगानीकर्ता तथा विश्लेषक रोहण शर्माबाट राय संकलन गरेका छौ।

हाम्रो उदेश्य विश्लेषकहरुले दिनुभएको जाहेज सुझावलाई नियामक निकायले कार्यन्वयन गर्दै बजार सुधारको पथमा अघि बढोस भन्ने हो।

नेप्सेको पछिल्लो परिस्तिथि 

ठुलो बाढी आउँदा अस्तब्यस्त बनेको खोला बाढी पश्चात आफ्नो पुरानै बहावमा फर्किएको जस्तो भएको छ सेयर बजारको पछिल्लो अवस्था पनि । बाढीले कती माछाहरुलाई पाखा लगाईदियो भने आफुलाई सुरक्षित अवस्थामा राख्न सक्ने हरु भने अहिले पुरानै अवस्थामा फर्किएका छन् ।

बेतुकका हल्लाहरु बढी चले, प्रसस्तै मिडियाबाजी भए। लगानिकर्ता आफ्नो कान नछामी कागको पछी कुदे । पक्कै पनि नयाँ अनि साना लगानीकर्तालाई पछिल्लो अवस्थाले एउटा पाठ सिकाएको छ । 
बजारमा अवसर र चुनौती त सदैब हुन्छनै तर आफुले सही समयमा सही ठाउँमा क्लिक गर्न सक्नु पर्‍यो। 

बजारको लागी तत्काल गरिनु पर्ने ५ कुराहरु निम्न रहेका छन्
१. बैंकलाई ब्रोकर लाईसेन्स ।
२. अनलाईन कारोबार ।
३. ब्रोकरलाई डलर सिप र मार्जिन ल्याण्डिङका साथ साखा बिस्तारको अनुमती।
४.मर्चेण्ट बैंकलाई ब्यवस्थित गर्नु पर्‍यो। काम कार्वाही अस्तब्यस्त छ, लगानिकर्ताले अहिले मर्चेण्ट बैंकबाट पाउनुपर्ने न्युनतम सेवा सुबिधा पनि पाउन सकेका छैनन्।
५ ईन्साईडर ट्रेडिङ सम्बन्धमा कडा कानुन।

धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने तर नगरेका कुराहरु 
धितोपत्र बोर्ड ,नेप्से र अर्थ मन्त्रालय बिच सर्वप्रथम समान्वय हुनु जरुरी छ। एकले अर्कालाई दोष दिएर आफु उम्कने कोशीश गर्नु भएन । माथीकै कुरालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजानु पर्‍यो।

भएका ब्रोकरहरुलाई थप जिम्मेवारी दिने कि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु उपयुक्त ?
भएकै ब्रोकरको पनि कार्यक्षेत्र र दायरा बढाउनु पर्‍यो । तर फास्ट ट्रयाक बाट देशभर सेयर बजारको पहुँच पुर्‍याउनको लागी बैंकलाई ब्रोकर लाईइसेन्स दिनु अत्यावश्यक छ । प्रबिधी र सँजालको हिसाबले बैंकहरु दुर्गम भन्दा दुर्गम ठाउँ हरुमा पुगिसकेको अवस्था छ ।तसर्थ बजारमा सबैको सहज पहुँचको लागी बैंकलाई ब्रोकर लाईसेन्स अनिवार्यनै छ। 

सर्वसाधारण लगानीकर्तालाई तपाइँको सुझाब
लगानिकर्तालाई मुख्य सुझाव भनेको हल्लाको पछी नलाग्नुस् । तथ्यलाई केलाउने कोशीश गर्नुस् । कुरा सबैको हुन्नुहोस् निर्णय आफ्नो गर्नुहोस् । राम्रा राम्रा कम्पनीका सेयरमा दिर्धकालिन उदेश्य बनाएर लगानी गर्नुहोस्, नेपालको सेयर बजारको भबिश्य अत्यन्त सुन्दर छ अनि बजार प्रवेशको लागी अहिलेको अवस्था भनेको सुनौलो अवस्था हो भनेर भन्न चाहन्छु।

अब बजार प्रवेश गर्न चाहनुहुनेहरुले बजारको समग्र कारोबार भोलुमलाई हेर्नुहोला। घट्दो अथवा बढ्दो बजारमा लगानी सम्बन्धी निर्णय लिन करोबार रकमले ठुलो भूमिका खेल्दछ। ढुक्क भएर अहिलेको घट्दो बजारमा थोरै थोरै रकमबाट लगानी गर्न सुरु गर्नुहोस्, कम्तीमा पनि १ बर्षको उदेश्य लिएर लगानी गर्नुहोस्, तपाईंको लगानीले उच्चतम प्रतिफल पाउने कुरामा कुनै दुई मत छैन।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved