लङ्गुर बुर्जाको खेलमा देश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 10:20:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कतै सुनेको थिएँ, “जिनियस इज नोयिङ् ह्वेन टु लिभ”! हो! मैले सधैँ नै छोडेर महान बनेका हस्तिहरुको बारेमा सुनेको छु। उनीहरुको यो असामान्य व्यवहारबारे कैयन कथाहरु लेखिएका छन् भने कैयन समाजका आदर्श बनेका छन्। खासमा, यो समाजले ओगटेर बस्नेलाई आहारिसे भन्ने गर्छ।

राजनीतिसँग नजोडिने आखिर केहि हुँदो रहेनछ। चाहे व्यक्ति स्वयम् वा भनौँ उसको व्यवहार। केहि समयदेखि मेरो देशको नेतृत्व कसले गर्दैछ, मेरो भविष्य कता मोडिँदैछ भन्ने कुरा जान्नुपर्छ भन्ने आभाष हुन थाल्यो। कति बुझेँ, अनि कति बुझ्न बाँकी छ, सायद समयले बताउँदै जाला। आखिर भाग्य भन्दा बढी र समयभन्दा अगाडी कसले पो के पाएको छ र?

कति बुझेँ, अनि कति बुझ्न बाँकी छ, सायद समयले बताउँदै जाला। आखिर भाग्य भन्दा बढी र समयभन्दा अगाडी कसले पो के पाएको छ र?

हुन त भाग्यको रेखा आँफैले बनाउनुपर्छ भन्ने कुरामा मेरो बडो बिश्वास छ। त्यो बिश्वास मेरो समाजले दिएको हो। मेरो देशको राजनीतिले दिएको हो। ४० प्रतिशतभन्दा बढी युवाको जनसंख्या भएको मेरो देशको नेतृत्व लिन बर्षौँदेखि रिटायरमेन्ट लिनुपर्ने उमेरका उहि ९-१० जनाले पालैपालो गरेको देखिन्छ। लाग्छ, उनीहरु लंगुर बुर्जा खेलिरहेका छन्। यता देशलाई सँदै लङ्गुर परेर तनाब छ।

म पनि भाग्य बनाउन चाहन्छु। हरेक ९ महिनामा बदलिने खालको भन्दा अलिक पर सरेर। किनभने म प्रत्येक पल्ट मेरो भागमा लङ्गुर परेको हेर्न चाहन्न। म परिवर्तन भन्दा अघि रुपान्तरणको आभाष गर्न चाहन्छु। यो मेरो लोभि मनको उपज मात्र होईन, वर्तमानको आवश्यकता बुझ्नेहरुले यहि महसुस गरेका छन्।

मेरो देशको नेतृत्वले यदि परसम्म देख्दैन भने, म ताजा आँखा भएकाहरुको साथ दिन चाहन्छु। देश उचाल्ने पाखुराहरुमा पौरख नदेखिए म पौरखिहरुको आत्मविश्वास जगाउने प्रयासमा रहनेछु। नेतृत्वले गल्ति गर्दा सच्याएर अगाडी बढाउनु नागरीकको धर्म हो, तर नेतृत्वले एउटै गल्ति पटक पटक गर्छ भने, नेतृव बदल्न पछी हट्न हुँदैन।

नेतृत्वले गल्ति गर्दा सच्याएर अगाडी बढाउनु नागरीकको धर्म हो, तर नेतृत्वले एउटै गल्ति पटक पटक गर्छ भने, नेतृव बदल्न पछी हट्न हुँदैन।

हुनत जमाना प्रतिष्पर्धाको छ। "द वर्लड इज अनफेयर माई फ्रेण्ड”, कुनै बिद्वानले कतै भनेको सम्झन्छु। अनफेयरको अर्थ बुझ्न मलाई कत्तिपनि अप्ठ्यारो छैन। हरेक दिन म यहि देख्छु। भावना कोर्नेहरुले त “फुलको आँखामा फुलै संसार” भनेर लेखिदिन्छन्, तर यथार्थ भावना भन्दा अलिक भिन्न हुँदो रहेछ।

मेरो देशमा १६ वर्ष पुगेपछी नागरीकता दिईन्छ। १८ बर्ष नपुगी भोट हाल्न दिईन्न। २३ वर्षको ग्र्याजुएटको सांसद बन्न उमेर पुग्दैन तर एस्. एल्. सी पास नगरेको भए पनि २५ वर्ष कटेको हरिलठ्ठक सांसद बन्छ। नागरिकता बोकेको तर १८ वर्ष नपुगेको युवाले भोट हाल्न पाउँदैन, कारण ऊ वयस्क होईन। वयस्क भैनसकेकाले भोट हाल्न नपाएको नागरिकता वालाले फौजदारी अभियोग गरे, वयस्कसरह सजाय हुन्छ। अनुकुलताअनुसार कानुन लाग्ने मेरो देशमा त्यसकारण अनफेयरको अर्थ बुझ्न मलाई गार्हो छैन।

नागरिकता बोकेको तर १८ वर्ष नपुगेको युवाले भोट हाल्न पाउँदैन, कारण ऊ वयस्क होईन। वयस्क भैनसकेकाले भोट हाल्न नपाएको नागरिकता वालाले फौजदारी अभियोग गरे, वयस्कसरह सजाय हुन्छ। अनुकुलताअनुसार कानुन लाग्ने मेरो देशमा त्यसकारण अनफेयरको अर्थ बुझ्न मलाई गार्हो छैन।

जती बुझ्यो त्यति कठीन भनेझैँ भएको छ मेरो देश। अचम्म त के छ भने, मेरो देशमा सवारी चालक अनुमति पत्र लिन कम्तिमा कक्षा १० पास गरेको हुनुपर्छ, देशको मन्त्री देखि प्रधानमन्त्री लेखपढ गर्न जान्नु र नजान्नुले महत्व राख्दैन। हुनत यहाँ सबैलाई चलेकै छ। पढेलेखेका बुझ्नेहरु “पोलोटिक्स ईज अ डर्टी गेम”भनेर सदा सुकिला रहन चाहन्छन्। हात फोहोर होला भनेर हिच्किचाउने हामी सधैँ भरी लङ्गुरको लात खान तम्तयार छौँ। मेरो बुझाईमा, नेपाल सतिले सरापेको देश हुँदै होईन, देश त हाम्रै मतिले बिगारेको हो।

नेतृत्वको गति नेताको मतिअनुरुप हुन्छ। सहि भए उँभोगति, नभए उँधोगति। मतिको लगाम जनताको हातमा हुनुपर्ने हो। मेरो देशमा त्यसकारण कुकुरले पुच्छर हल्लाउँदैन, यो पुच्छरले कुकुर हल्लाउने देश हो। जतिसक्दो ओगट्ने मति बोकेर होला, मेरो देशमा ४० वर्ष नकटुन्जेल युवाको पगरी भिर्न पाईन्छ।
 
३५ बर्ष सम्म कामको युवा, त्यसपछि नामको युवा। महिलाको कुरा बेग्लै, पुरुषको लागी ३५ कटेपछी लोकसेवाको ढोका बन्द हुन्छ। यता देशले युवा भन्छ, उता लोकसेवाले उमेर बढी भयो भन्छ। रमितै रमिता छ।

१८ बर्षमा सांसद बनेका स्विडेनका एन्टोन अमाड अबेलको कुरा गरेर होस् वा २० बर्षमा अष्ट्रेलियाका सांसद बनेका याट रोएलाइ हेरेर भनौं, उमेर अंक भन्दा बढी खासै केहि होईन भन्ने कुरा संसारले बुझिसकेको छ। केहि समय अगाडी युनाईटेड अरब ईमिरेट्समा २२ वर्षकी युवामन्त्री चयन भईन्। मेरो देशमा भने ४० नकटेका मन्त्री भेट्न मुस्किल छ।

म-जस्ता लाखौँ युवाको एउटा रहर छ। नेपालको नेतृत्व कुनै दिन युवाले गरोस्। तर विद्यमान राजनीतिक परिभेषबाट यो सम्भव देखिन्न। यहाँ त राष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष पुरा गरेको हुनुपर्ने व्यवस्था छ। अचम्म लाग्छ, ३० वर्षमा विद्यावारिधि (पि.एच्.डी.) गरेको युवालाई के कारणले राष्ट्रपति बन्न अयोग्य ठहर्याईन्छ? ३५ वर्ष कटेपछी के जादु थपिन्छ र राष्ट्रिय सभाका लागी योग्य बन्छ मान्छे? हामीले नेपालमा उमेर पुगेर पदमा बसेकाहरुको गति नदेखेकेको हो र?

हिजो आफू युवा अवस्थामा हुँदा युवाले मौका पाए देशले कोल्टे फेर्छ भन्नेहरु धेरैजसो आज आफ्नै उमेरले कोल्टे फेरिसक्दा कुर्सी छोड्न तयार छैनन्। लालच हो या शंका स्पष्ट हुन सकेको छैन। हुनत यो युवाले अवसर खोस्ने अवस्था आउन लागेको संकेत हुनसक्छ। ठुलो आँधी आउनुपुर्व पैदा भएको सन्नाटा जस्तै।

हुनत यो युवाले अवसर खोस्ने अवस्था आउन लागेको संकेत हुनसक्छ। ठुलो आँधी आउनुपुर्व पैदा भएको सन्नाटा जस्तै।

राष्ट्रियताको गफ गरेर हामी कहिल्यै थाकेनौं। परिवर्तन चाहने हामीले सबैतिर नयाँ खोज्यौँ तर नेतृत्वको चयनलाई लङ्गुर बुर्जा भन्दा माथी उठाउने प्रयास गरेनौँ। हामी एउटा उडानमा छौँ, जहाज खसे कथा समाप्त हुनेछ। आफु बसेको जहाज उडाउनेहरु प्रति हामी कमैको भरोसा बाँकी होला। तरपनि, हामी मध्य धेरैले यि उडानकर्ताहरुको विकल्प देख्न सकेका छैनौँ। देख्न नसक्नु र नहुनु भिन्न कुरा हुन्। जहाजको अवस्था नाजुक भन्दा नाजुक हुँदै गर्दा हामीलाई बिश्वसनीय नेतृत्वको आवश्यकता छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved