यस्तो छ लक्ष्मी लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको वित्तीय विवरण, हेर्नुस कसको मुनाफा कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 11:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

laxmi laghubitta and first micro

गत आर्थिक वर्षको चौथो त्रैमासिकको बित्तिय विवरण गर्ने क्रममा फर्स्ट माइक्रो फाइनान्स र लक्ष्मी लघुवित्त विकास बैंकले एकै पटक प्रगती विवरण सार्वजनिक गरेका छन। अघिल्लो आर्थिक बर्षको तुलनामा दुवै वित्तीय संस्थाले खुद मुनाफामा उल्लेख्य सुधार गरेका छन् भने तुलनात्मक रुपमा लक्ष्मी लघुवित्तले कमाईमा फड्को मारेको छ।

फर्स्ट माइक्रोफाइनान्सले अघिल्लो आर्थिक बर्षको यस अवधिसंगको तुलनामा ५०.८० प्रतिशतले खुद मुनाफा बढाएको छ। फर्स्ट माइक्रोफाइनान्सले अघिल्लो आर्थिक बर्ष यस अवधिमा ३ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा यस पालि भने खुद नाफा बढाई ५ करोड ४४ लाख कमाएको छ।

फर्स्ट माइक्रोफाइनान्सले यस अवधिमा २ करोड रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ। अघिल्लो बर्षको यस अवधिमा माइर्कोफाइनान्सले ७ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

माइक्रोफाइनान्सले संचालन मुनाफामा समेत उल्लेख्य सुधार गरेको छ। माइक्रोफाइनान्सको संचालन मुनाफा अघिल्लो बर्षको तुलनाभन्दा ४८.२१ प्रतिशतले वृद्धि भई ८ करोड ३० लाख रुपैयाँ पुगेको छ। २३ करोड रुपैयाँ मात्र चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोष रकम ७ करोड ८५ लाख रुपैयाँ रहेको छ।

राष्ट्रिय स्तरको थोक कर्जा प्रबाह गर्ने लघुबित्त भएकाले राष्ट्र बैंकद्वारा जारी नयाँ मौद्रिक नीतिअनुसार माइक्रोफ़ाइनान्सले आगामी २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने भएको छ।

त्यस्तै लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको चौथो त्रैमासिकमा खुद मुनाफामा भारी वृद्धि गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवाधिसंगको तुलनामा लक्ष्मी लघुवित्तले खुद मुनाफामा झन्डै २८० प्रतिशतले वृद्धि गरी ६ करोड २४ लाख रुपैयाँ कमाई गरेको छ।

त्यस्तै लक्ष्मी लघुवित्तको संचालन मुनाफा यस अवधिमा ४ गुणाले बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा लक्ष्मी लघुवित्तले २ करोड २८ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो।

त्यस्तै लघुवित्तले खुद ब्याज आम्दानि समेत दोब्बरले बढाएको छ। अघिल्लो बर्षको यस अवधिमा ७ करोड ३ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा भने १४ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। ११ करोड चुक्ता पुंजी रहेको लघुवित्तको जगेडा कोष रकम ७ करोड ८ लाख रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved