निफ्राको सीइओ पदको लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 12:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै योग्य त्तहा इच्छुक उम्मेदवारलाई ११ अप्रिल तारिखको ५:३०  बजेसम्म इमेल [email protected]  मार्फत आवेदन दिन भनेको हो ।

बैंकले आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्याङ्क, लेखा, गणित, व्यवसाय प्रशासन, वा कानूनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ। व्यवस्थापन, बैंकिङ, वित्त,मौद्रिक, अर्थशास्त्र, वाणिज्य,  तथ्याङ्क, लेखा, गणित, व्यापार , प्रशासन वा कानूनमा स्नातक गरेकाले पनि आवेदन दिन सक्ने तर उनीहरुले स्नातक सकेपछि बैंकिङ वा वित्त क्षेत्रमा वा सरकारी निकाय, कर्पोरेट निकाय, विश्वविद्यालय वा यस्तै कार्य गर्ने अन्तर्राष्ट्रिय संस्था वा अन्य संस्थामा  संस्थामा अधिकृत स्तर  वा सोभन्दा माथिको तहमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनु पर्ने बैंकले जनाएको छ । त्यस्तै आवेदन दिंदा बैंकको लागि ५ वर्षे रणनीतिक योजना पनि पेश गर्नु पर्ने छ । 

यस्ता छन् बैंकले तोकेको योग्यता : 


बैंकका सीइओ रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएपछि बैंकमा सीइओ पद रिक्त छ। खतिवडाले गत  पुस २९ गते राजीनामा दिएका थिए । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको थियो ।  सोही बैठकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव महाप्रबन्धक सूर्य बहादुर तामाङलाई बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved