मर्जरपछि यस्तो छ शाइन रेसुङ्गाको प्रगति, ५१ प्रतिशतले बढ्यो नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 10:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३० करोड ७ लाख ९५ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ५१.१३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकले १९ करोड ९० लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको थियो । दुई वटा क्षेत्रिय स्तरको विकास बैंक गाभेको कारण बैंकको मुनफा धेरै बढेको देखिएको हो । मर्जरपछि बैंक राष्ट्रिय स्तरको  बनेको । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड ३६ लाख ६१ हजार रहेको छ। बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा संचालन मुनाफा सँगै खुद मुनाफा पनि बढेको छ । पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी ६८ करोड ६७ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले ४१ करोड खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको खुद  संचालन आम्दानी ७२ करोड ८९ लाख रहेको छ भने संचालन मुनाफा ४२ करोड ७१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा २८ करोड ४३ लाख रहेको थियो। 

पुष मसान्तमा २ अर्ब ६२ करोड २९ लाख ४ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ५३ करोड ५२ लाख ७४ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ८७ करोड ३५ लाख ५५ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा १८ अर्ब ८५ करोड निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा २६ अर्ब ७७ करोड ५६ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी २३ अर्ब ८९ करोड ८२ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १५ अर्ब ८९ करोड ९१ लाख कर्जा लगानी गरेको थियो ।

अन्य साना विकास बैंक गाभ्दा बैंकको खराब कर्जामा भने वृद्धि भएको छ । गत वर्ष ०.१७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा बढेर ०.६१ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७५.९९ प्रतिशत, पुँजीकोष अनुपात १५.४८ प्रतिशत रहेको बैंकको कोषको लागत ७.७६ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.८६ प्रतिशत र आधार ब्याजदर १०.२३ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ७१ पैसा र मुल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved