नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १६औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताएका छन् । बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व नभएसम्म लक्ष्य प्राप्त हुन नसक्ने बताएका हुन् ।
उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको दाबी गर्दै योजना आयोगलाई नीति र कार्यान्वयन अनुगमन संरचना बनाउन आवश्यक रहेको बताए ।
पूर्व अर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने बताए । लक्ष्यअनुरुपको प्राथमिकता नहुँदा समस्या आइरहेको भन्दै उनले सबैभन्दा ठुलो समस्याका रुपमा साधरण खर्च देखिएको बताए ।