विदेशबाट फर्केकाबाट १० लाख ऋण लिन धमाधम आबेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 02:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा सिकेको सीपमार्फत स्वदेशमै स्वरोजगार बन्नका चाहने युवाका लागि सरकारले ल्याएको ब्याज अनुदानसहितको सरल कर्जा कार्यक्रममा आकर्षण बढेको छ। सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई १० लाख रुपैयाँसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको छ। 

सोमबारसम्म सरल कर्जाका लागि एक हजार ५३९ युवाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयमा निवेदन पेश गरेका छन्।बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै गत मङ्सिर ५ गतेदेखि व्यावसायिक योजनासहित आवेदन माग गरेको थियो। बोर्डले इमेलमार्फत पनि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ। हालसम्म २५ जनाले इमेलमार्फत सरल कर्जाका लागि निवेदन दिएका छन्। सरल कर्जा माग गर्नेमा महिलाको सङ्ख्या भने ज्यादै न्यून देखिएको छ। यसअवधिमा ५१ महिलाले मात्र सरल कर्जाका लागि निवेदन दिएका आप्रवासी स्रोत केन्द्रका संयोजक समित्र सिंहले जानकारी दिए। 

विदेशमा सिकेको सीप नेपालको विकासमा लगाई समृद्धि हासिल गर्न सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ। सरल कर्जा प्राप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महीनासम्म सम्बन्धित तालीम/पेशा/व्यवसायको क्षेत्रमा काम गरी नेपाल फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ। 

उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव आवेदन फारम भर्दा बुझाउनुपर्नेछ। कर्जा भुक्तानी अवधि पाँच वर्षको रहेको छ। सरल कर्जा आवेदन गर्दा नागरिकताको प्रतिलिपि, राहदानी/प्रवेशाज्ञाको प्रतिलिपि, श्रम स्वीकृति लिई काम गर्न गएको देशबाट फर्केको हकमा श्रम स्वीकृतिको प्रतिलिपि, अध्यागमन कार्यालयबाट प्राप्त हुने आगमन स्टिकरको प्रतिलिपि र विदेशमा कम्तीमा छ महीना सम्बन्धित तालीम/पेशा/व्यवसाय वा क्षेत्रमा काम गरेको खुल्ने कागजात पेश गर्नुपर्ने कोषले जनाएको छ। 

तोकिएका शर्त पूरा भएका निवेदन सङ्कलन गरी बोर्डले स्वरोजगार हुन चाहनेका लगत विवरण तयार पार्ने र सहुलियत कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सिफारिश गर्ने बोर्डका उपसचिव दीनबन्धु सुवेदीले बताए। रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved