वैदेशीक रोजगारीमा जाने नेपाली घटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 03:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगारीको लागी विदेशीने नेपालीको संख्या घट्दो क्रममा रहेको पाईएको छ । सरकारले नेपाली कामदारलाई व्यवस्थित र सुरक्षित रुपमा मात्रै विदेश पठाउने भन्दै गन्तव्य मुलुकहरुसँग द्धिपक्षीय श्रम सम्झौता गर्न पहल गरिरहेपनि विदेशीने नेपालीको संख्या भने घट्दो क्रममा छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ५ महिनाको तथ्याङ्क अनुसार यो बर्ष विदेशीने नेपाली कामदारको संख्या घटेको छ । आर्थिक वर्ष २०७५/०७६ को पाँच महिनाको तथ्याङलाई हेर्दा रोजगारकिो लागी विदेशीने नेपालीको संख्या ४०.२ प्रतिशतले घटेको छ । गत बर्ष यस अवधिमा विदेशीने कामदारको संख्या २.५ प्रतिशतले घटेको थियो ।

सरकारले मलेसियामा नेपाली कामदार सुरक्षित नभएको भन्दै गत जेठबाट कामदार पठाउन रोक लगाएको थियो । नेपाल र मलेसियाबिच द्धिपक्षिय श्रम सम्झौता भएपनि कामदार भने पठाउन सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved