'प्रधानमन्त्री रोजगार कार्यक्रम पैसा बाड्ने कार्यक्रम होइन'

भावना लामा

भावना लामा

Feb 13, 2019 | 03:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगारी कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन समारोहमा मन्तब्य राख्दै मन्त्री बिष्टले यो सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने संशय बाहिर रहेको भन्दै त्यस्तो संशय नराख्न आग्रह गरेका हुन । 

रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा मात्र बेरोजगारी भत्ता पाइने मन्त्री विष्टले स्पष्ट पारे । निश्चित आम्दानी हुने गरी स्वरोजगारमा आउन नसकेकालाई सार्वजनिक निर्माण र सार्वजनिक काममा लगाई एक सय दिनको रोजगारी सुनिश्चित गरिने उनले बताए। उनले सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने  बताए। मन्त्री विष्टले तथ्यांकलाई अध्यावधिक गर्दै आवश्यक सीप र दक्षताका माध्यमबाट रोजगारी दिने बताए ।

हरेक स्थानीय तहमा रोजगार संयोजक रहने र संयोजक मार्फत संकलन गरिएको तथ्यांकको आधारमा यो कार्यक्रम अगाडी बढ्ने बताए। साथै रोजगार संयोजक नियुक्तिको लागि प्रारम्भिक सुची निकालिएको जानकारी दिदै उनले पूर्ण स्वचालित कम्पुटर प्रणालीबाट यो काम गरिएको दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved