म्यानपावरले बढी पैसा मागे तुरुन्त फोन गर्नुहोस...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 12:34:14 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समस्या, जिज्ञासा, गुनासा र सुझाबहरु संकलन तथा सम्बोधन गर्ने उदेश्यले कल सेन्टर संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।  

गुनासो सुन्नलाई मात्र नभई सेवाग्राही तथा सरोकारवालाहरुको सुझाब समेत सुन्नलाई कल सेन्टर संचालनमा ल्याईएको श्रम मन्त्री गोकर्ण विष्टले उद्घाटन समारोहमा बताएका छन। कल सेन्टरमा प्राप्त हुने गुनासा सम्बन्धित कार्यालयमा पठाउने र गुनासा, जिज्ञासाको प्रकृति हेरेर सम्बोधन गर्ने मन्त्री विष्टले बताए।

कल सेन्टर मार्फत वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भईरहेका काम कारबाहीबारे जानकारी दिने, गुनासोको सुनुवाई गर्ने तथा सुझाब संकलन गर्ने मन्त्रालयले जनाएको छ।    

यति मात्र नभई बैदेशिक रोजगारीको क्षेत्रका ठगिएकाहरु, विदेशमा अलपत्र परी वा समस्या भोगेर घर फर्कन चाहनेहर, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारहरुले सोझै कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन।

कल सेन्टर मार्फत उजुरी दर्ता भए लगत्तै सफ्टवेयरले सम्बन्धित कार्यालयका अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) पठाउने मन्त्रालयले जनाएको छ।

सेवाग्राहीबाट प्राप्त जानकारी तथा गुनासोलाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । कल सेन्टरमा आएका गुनासाहरु सम्बन्धित निकायले सम्बोधन गरे वा नगरेको विषयमा मोबाइल एप मार्फत श्रम मन्त्री विष्टले नै दैनिक निरीक्षण गर्न सक्नेछन् ।   

कल सेन्टरका लागि हाल १ जना संयोजक सहित ९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निजामति सेवा बाहिरका कर्मचारीलाई रोजगार सेवा प्रदायक संस्था मार्फत करारमा लिइएको छ।कल सेन्टर बिहान ७ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ ।कल सेन्टरमा एकै पटक ४ ओटा फोनमा कुराकानी गर्न  सक्ने व्यवस्था छ।

स्वेदशबाट ११४१ वा १६६००१५००५ मा तथा विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, इमो, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved