कामदार विदेश पठाउन ठप्प पार्दै म्यानपावर व्यवसायी आन्दोलनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 11:27:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्दोलनरत म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् । व्यवसायीले एक हप्तासम्म कुनै पनि कामदारको विदेश जाने टिकट नकाट्ने भएका हुन् । 

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्ता (जेठ २३ गते) सम्म पनि आफूहरुका माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन् । 

व्यवसायीले सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने माग गर्दै आएका छन् । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन । ‘शैक्षिक संस्था, बीमाको व्यवसाय गर्नेले धरौटीको ब्याज पाउँछ, हामीले नपाउने भन्ने हुन्छ’ गुरुङले भले । 

व्यवसायीले एक वर्षदेखि बन्द रहेको मलेसियमा कामदार पठाउने प्रक्रिया खुला गर्न, कामदारको मागपत्र ल्याउँदा सरलीकरण गर्न,  विदेश पठाउँदा लिइने सेवाशुल्क व्यवहारिक र वैज्ञानिक बनाउन माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved