म्यानपावर व्यवसायी संघको चुनाव असार २७ गते, महासचिब गेलालसंग स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 03:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते हुने भएको छ। यहि जेठ २४ गते बसेको संघको कार्यसमितिको बैठकले आगामी असार २७ गतेलाई निर्वाचन गर्ने निर्णय गरेको हो। 

संघको बिधानअनुसार हरेक दुई बर्षभित्र निर्वाचन सम्पन्न गरि हस्तान्तरण गर्नुपर्ने भएपनि भदौ १८ सम्म थप धराैटि राख्नु पर्ने, मर्जर मा

जान चाहने सस्था गाभि सकिनु पर्ने जस्ता प्रतिकुल अवस्थाले निर्वाचनको मिति पर सार्नुपर्ने केहि व्यवसायी र राजनीतिक नेतृत्त्वको तर्क रहेको छ। यद्दपी संघका अध्यक्ष रोहन गुरुङले असार २७ गते नै निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन। वर्तमान अध्यक्ष गुरुङको दुई वर्षे कार्यकाल असार ३० गते सकिँदैछ। 

यसअघि फागुन २३ गते बसेको कार्यसमिति बैठकले चैत्र २६ गते निर्वाचनको मिति घोषण गरेको थियो। तर अध्यक्ष गुरुङको घरमा भएको बम बिस्फोटको घटनाले निर्वाचन स्थगित गरिएको थियो।

संघका महासचिबसंग स्पष्टिकरण माग 

कार्यसमिति बैठकले संघका महासचिव नेरेश गेलाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। महासचिव गेलालले बुझाएको राजिनामा पत्रमा उल्लेख भएको भाषा अमर्यादित भएको भन्दै सात दिन भित्र राजिनामाको कारण पुनः पेस गर्न संघले निर्देशन दिएको छ। 

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन र विभिन्न नाममा खडा भएका सिण्डिकेट बिरुद्द गुरुङ र सिंगो कार्यसमिति लडिरहेका बेला महासचिव गेलालले एक्लै केही दिन अघि राजिनामा दिएका थिए।

आफ्नो २ वर्षे कार्यकालमा उपलब्धिमुलक काम नगरेको आरोप खेप्दै आएका गेलालले व्यवसायीको घेरावन्दीबाट बच्न राजिनामा दिएको भन्दै उनको संघ भित्र र व्यवसायी माझ आलोचना भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved