जापान जाने कामदारको परीक्षा केन्द्र तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 09:45:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जापानले नेपालीलाई नर्सिङ केयरगिभरमा लैजाने भएपछि कामदारको परीक्षा केन्द्र तोकिएको छ । गत चैत ११ गते जापान र नेपालबीच शून्य लागत नेपाली कामदार लैजाने सम्झौतापछि पहिलो चरणमा जापानले नर्सिङ केयर गिभरमा कामदार लैजाने भएको हो । यसका लागि डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटलाई केन्द्र तोकिएको छ । 

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नर्सिङ केयरगिभरमा नेपाली कामदार लैजाने काम सुरु भईसकेको जनाएको छ । यसरी जान चाहाने नेपालीले भाषा र सिप मूल्याङ्कन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुँदैछ । पहिलो चरणमा भाषा परीक्षाका लागि १ हजार आवेदन लिईने जानकारी गराईएको छ । 

अनलाइनमार्फत आवेदन दिन सकिने भएपनि आवेदन दिनुअघि जापनी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट टोकन लिनुपर्ने छ । 

नर्सिङ केयरगिभरमा जान कुनै पनि शैक्षिक योग्यता आवश्यक नरहेको बताईएपनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ उत्तीर्ण गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved