सामाजिक सुरक्षा कोषमा जोडिए ६ हजार रोजगारदाता, को-को आए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 03:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठानलाई अनिवार्य गरिएको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद (भोलि) सकिंदैछ। यसअवधिसम्म ६ हजार २०० रोजगारदाता र ८७ हजार कामदार कोषमा जोडिएका छन।

सामाजिक सुरक्षाबापत हालसम्म कोषमा साढे ५ करोड जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बिजपाटी डटकमलाई जानकारी दिए। भोलिसम्म आबद्द हुनलाई समयसिमा दिइएकाले पनि कोषमा आबद्द हुनेको संख्या बढिरहेको उनले बताए। 

भोलिसम्म आबद्द नहुनेलाई के कारबाही भन्ने भन्दा पनि यसमा आबद्द नहुँदा रोजगारदाता र कामदारले के गुमाउँछन भन्ने महत्त्वपूर्ण रहेको ज्ञवालीले बताए। आबद नहुँदा यसको सेवा सुविधाबाट बन्चित हुनुपर्दा त्यहि नै रोजगारदाता र कामदारको लागि ठुलो कारबाही हुने उनले बताए।

'करिब एक लाख कामदार आवद् गर्ने लक्ष्य हो, सम्भवत भोलिसम्म लक्ष्य पुरा हुनेछ' ज्ञवालीले भने, 'यसमा आवद्द हुँदाको सेवा र सुविधाबारे जानकारी बढ्दै गएकाले पनि रोजगारदाता र कामदार जोडिने क्रम बढेको छ।' योगदानमा आधारित सामाजिक सुरक्षा कोष निजि क्षेत्रका उद्योग तथा प्रतिष्ठानका लागि अनिवार्य गरिएको छ।    

बैंकहरुले चाँसो देखाएनन

निजि क्षेत्रलाई अनिवार्य भनीएपनि अर्थतन्त्र र श्रमबजारको ठुलो हिस्सा ओगटेको बैंकिंङ क्षेत्रले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चाँसो नदिएको पाइएको छ। यसमा आबद्द हुने म्याद सकिन लाग्दा समेत लक्ष्मी, मेगा गरि एकाध बैंकले मात्र सहभागिता जनाएका छन।

२८ वटा बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सामाजिक सुरक्षा कोषमा केहि बिषय स्पष्ट हुनुपर्ने र केहि बिषय समावेश गरिनुपर्ने भन्दै आफुहरुले ५ महिनाअघि नै कोषलाई सुझाब पठाएको बताएका छन।

अहिले बैंक वित्तीय संस्थाका कर्मचारीले संचय कोष, लगानी कोषमा राख्दै आएको र उनीहरुले त्यहाँ जम्मा गरेको पैसाको बिरुद्दमा ऋण समेत लिएकाले त्यसको व्यवस्थापन सामाजिक सुरक्षा कोषले कसरि गर्छ भन्ने स्पष्ट नभएको बैंकहरुको भनाई छ। 

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने कर्मचारीले ऋण लिन पाउने वा नपाउने, कोषले कर्मचारीको परिवारको विमा हेर्ने कि नहेर्ने, श्रम ऐनले ५८ बर्षमा अवकाश हुने भन्दा कोषले ६० बर्ष मानेको जस्ता बिषय स्पष्ट नभएकाले पनि आफुहरु सामेल हुन नसकेको बैंकहरुको भनाई छ।   

निर्देशक ज्ञवालीले बैंकर्स संघले कोषको व्यवस्थाहरुबारे पटक–पटक प्रश्न उठाएको जानकारी दिए । यसबारेमा बैंकमा मानव संशाधन हेर्ने अधिकारीहरुसँग छलफल भइसकेको भन्दै उनले अब कोषमा आवद्ध भएपछि मात्रै बैंकर्ससँग कुराकानी हुने बताए।    

को–को आए ?

चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल जस्ता ठूला रोजगारदाताहरु कोषमा आइसकेका छन् । कोषमा सूचीकृत भएको चौधरी ग्रुपमा १० हजारभन्दा बढी कामदार छन् ।

डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर नेपाल, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, नर्भिक अस्पताल, आम्दा नेपाल अस्पताल, सानिमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रिला होटल, शंकर ग्रुप, यती डिष्टिलरी लगायतका संस्था पनि कोषमा आवद्ध भएका छन् ।

रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ । रकम जम्मा गरेपश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

कोषमा सहभागिता जनाउँदा मासिक पारिश्रमिकको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवारको सुरक्षाका लागि ०.२७ प्रतिशत तलबबाट काटिन्छ र वृद्धाअवस्थाको सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम कोषमा जानेछ । बैंकर्स संघले यो २८.३३ प्रतिशत रकम धेरै भएको बताउँदै आएको छ । यस्तै ठूलो स्केलमा तलब बुझ्ने कर्मचारीको योगदान रकम कोषमा जम्मा गर्दा दोहोरो कर तिर्नुपर्ने अवस्था आउनेमा बैंकहरुको चासो छ ।

सामाजिक सुरक्षा योजनामा सहभागिता जनाएका श्रमिकले १८० महिना (१५ वर्ष) कोषमा योगदान गरेपछि स्वत निवृत्तिभरणमा सहभागी हुन पाउँछन् । सुरक्षा योजनामा सूचीकृत श्रमिकको १५ वर्ष कोषमा योगदान पूरा नभई मृत्यु भएको अवस्थामा दम्पत्तिले निवृत्तिभरणको ५० प्रतिशत आजीवन निवृत्तिभरण पाउनेछन्।

के हो योगदानमा आधारित सामाजिक सुरक्षा कोष ?

रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ । रकम जम्मा गरेपश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

कोषमा सहभागिता जनाउँदा मासिक पारिश्रमिकको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवारको सुरक्षाका लागि ०.२७ प्रतिशत तलबबाट काटिन्छ र वृद्धाअवस्थाको सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम कोषमा जानेछ । 

सामाजिक सुरक्षा योजनामा सहभागिता जनाएका श्रमिकले १८० महिना (१५ वर्ष) कोषमा योगदान गरेपछि स्वत निवृत्तिभरणमा सहभागी हुन पाउँछन् । सुरक्षा योजनामा सूचीकृत श्रमिकको १५ वर्ष कोषमा योगदान पूरा नभई मृत्यु भएको अवस्थामा दम्पत्तिले निवृत्तिभरणको ५० प्रतिशत आजीवन निवृत्तिभरण पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved