म्यानपावर व्यवसायी गुरुङको प्रस्ताव, ‘५० लाख नगद धरौटी फिर्ता गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 04:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

२०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायिको कार्यलयमा आगजनि र तोडफोड गरेको दुःखद घटना सबैलाई थाह भएको विषय हो । 

सो दुःखद घटनाको कारण लामो समय म्यानपावर कार्यलयहरु बन्द भएको थियो । व्यावसायिहरुको कार्यलय संरचना निर्माण गर्न, अफिस भाडा लगायतका ब्यबस्थापन गर्न आर्थिक अभाव नहोस् भनी नेपाल सरकारले सबै इजाजत पत्र प्राप्त वैदेशिक रोजगार  ब्यबसायिहरुले राखेको नगद धरौटी एक बर्ष भित्र फिर्ता गर्ने गरि व्यावसायीलाई नै दिएको थियो । साथै समय भित्र सबै व्यावसायिले सो रकम सरकारलाई फिर्ता गरेका थिए ।

कोरोना महामारिको कारण  लकडाउन खुला भएता पनि  वैदेशिक रोजगार व्यावसायिले कार्यलय सन्चालन गर्न कम्तीमा ८/१० महिना लाग्ने देखिन्छ ।अधिकांस व्यावसायिले हाल सालै  ब्याजमा खोजेर वृद्धि भएको नगद धरौटि जम्मा गरेको देखिन्छ ।कोरोना महामारीले गर्दा  कारोबार नै नहुने अबस्थामा कार्यलय भाडा र स्टाफलाई तलब दिन समस्या पर्ने निश्चित छ त्यसैले यदि व्यावसायि सस्था यो बीचमा मर्ज हुने अवस्था आएमा सो बमोजिम तोकिएको रकम तोकिएको समयमा जम्मा गर्ने यदि मर्जर नभएको खण्डमा हरेक संस्थाले २ बर्षभित्र दुई किस्तामा रकम फिर्ता गर्ने गरि वैदेशिक रोजगार व्यावसायिले राखेको नगद धरौटि रु. ५० लाख व्यावसायिलाई फिर्ता गरि वैदेशिक रोजगार व्यावसायिहरुलाई पलायन हुनबाट बचाउन नेपाल सरकारका सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्दछु ।

लेखकः वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ हुन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved