'श्रमिक सूचना बैंक' स्थापनाको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 04:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेका छन् । सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७।०७८ को बार्षिक बजेटमा रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थपना गर्ने कार्य अगाडी बढेको हो । 

श्रमिक बैंक स्थपना गरि कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समुह गठन गरि कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले बताए । 

विकास र औद्योगिकरणले गति लिदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर्याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे । 

मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved