साउदीमा अलपत्र नेपाली भन्छन: पैसा नहुँदा फ्लाईट गुम्यो, आधा पेट खाएर बाँचेका छौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 12:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका लागि साउदी पुगेका ११ जना नेपाली अलपत्र परेका छन् । कोभिड १९ कारण विश्व नै आक्रान्त बनेको बेला विभिन्न सपना लिएर विदेशिएका नेपाली अलपत्र परेका हुन् । 

साउदीको अल हैदर कम्पनीमा कार्यरत ११ जना नेपाली स्वदेश फर्कनका लागि नेपाल सरकारको बाटो कुर्दै छन् । साउदी अरबको जेद्धामा विर सिंह खत्री, नरेन्द्र सर्वरीया, महिन्द्र हेमरुम, राजु मुर्मु, नरेन्द्र प्रसाद चौधरी सहित ११ नेपाली अलपत्र परेका हुन् । 

उनीहरु काम गर्ने अल हैदर कम्पनी सप्लाई डिर्पामेण्ट कम्पनी हो । अहिले उनीहरु सोही कम्पनीले दिएको कोठामा बस्दै आएका छन् । कम्पनीले कुल बेला कोठा खालि गर भन्छ ठेगान नभएको त्यहाँ रहेका एक नेपालीले बताए । 

मोरङका २६ वर्षिय महिन्द्र हेमरुम ३ वर्ष अघि लेवर कामका लागि साउदी पुगेका थिए । कारोनाका कारण कम्पनी डुबेकाले उनी ६ महिनादेखि बेरोजगार छन् । उनीहरु काठमाडौस्थित नायल ओभरसिजमार्फत साउदी पुगेका थिए । सो कम्पनीमा एक लाख ५० हजार रुपैयाँ बुझाएर विदेशीएका थिए । लकडाउनका कारण आफु समस्यामा परेको गुनासो गर्दै हेमरुम भन्छन्, 'खान बस्न नै समस्या छ, बिहान खाए बेलुका के खाने भन्ने समस्याले पिरोलेको छ । घर जाउँ भने टिकट काट्ने पैसा छैन् । '

यस्तै, महिन्द्र जस्तै पैसा नभएर घर फर्कन नपाएका नरेन्द्र सर्वरीयाको पीडा पनि महिन्द्रको भन्दा कम छैन  । उनी पनि साढे तीनवर्ष अघि लेबर कामका लागि साउदी पुगेका थिए । नेपाल फर्कनेहरुको नाम लिस्टमा उनको पनि नाम निस्किएको धेरै पटक भयो । पैसा नै नभएको कारणले उनले ५ वटा फ्लाईट गुमाउनु पर्यो । 

नेपाल फर्कनका लागि ऋण

झापाका राजु मुर्मी पनि साढे तीन बर्ष अघि अलहैदर कम्पनीमा रोजगारीका लागी गएका हुन् । तर, जागिर गुमाए पछि आर्थिक संकटमा परेका राजुले घरबाट पैसा मगाएर जहाजको टिकट किनेका छन् । “मसँग १०÷१५ हजार रुपैयाँ मात्रै थियो । त्यसैले टिकट काट्नको लागि घरबाट ५० हजार रुपैयाँ मगाएर टिकट काटे,” उनले भने । अब त घरबाट आएको पैसाले पनि तीन दिनमात्रै खान पुग्छ । एक रुपैयाँको रोटि र प्याजको तरकारीले भोको पेट भर्दै आएका राजु भन्छन्, 'आधि पेट खाएर बसेका छौँ, घर फर्कनका लागि आतुर छौ ।'

स्वदेश फर्कन्छु भन्दा कम्पनीले पैसा माग्छ 

नवलपरासीका नरेन्द्रप्रसाद चौधरी विदेशिएको १२ वर्ष भयो । उनी १२ वर्षदेखि सोकम्पनीमा कार्यरत थिए । ६ महिनादेखि काम र पारिश्रमिक नपाएपछि उनी स्वदेश फर्कन चाहान्छन् । तर उल्टै आफूहरुसँग कम्पनीले जरिवानाबापत ६ हजार रियाल मागेकोे उनी बताउँछन् । स्वदेश फर्कन्छु भन्दा कम्पनीले ६ हजार रियाल मागेको उनले बताए । उनी जस्तै, कम्पनीले ३ जनालाई पासपोर्ट दिएको छैन । 

कम्पनी जिम्मेवार बिहिन देखियो: प्रवासी नेपाल समन्वयन समिति 

लामो समयदेखि कम्पनीमा कार्यरत रहेका कर्मचारीलाई अप्ठेरोमा परेको बेला कम्पनी जिम्मेवार बिहिन नहुनु पर्ने प्रवासी नेपाल समन्वयन समितिका निर्देशक सोम प्रसाद लामिछाने बताउँछन् । कोभिडका कारण रोजगार गुमाएर अलपत्र रहेका नेपाली श्रमिकलाई सरकारले गम्भिर भएर नहेरेको उनी बताउँछन् । 

संक्रमणको जोखिममा श्रमिक

कोभिड १९ को संक्रमण फैलिरहेको बेला एउटै कोठामा ११ जना श्रमिक बस्नु पर्दा संक्रमणको जोखिम रहेको छ । उसो त उनीहरुले सुरक्षाका उपाहरु माक्स, सेनिटाइजर र साबुन पानी प्रयोग गर्दै आएका छन् । तर, धेरै व्यक्ति एकै ठाउामा हुँदा जोखिम बढी भएको पिडितहरुले गुनासो गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved