श्रम स्वीकृति सम्बन्धि सबै काम रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 10:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभाग अन्तरगतको ताहचल कार्यालयको सस्पूर्ण सेवा बन्द भएको छ । ताहचलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसगैँ आजबाट कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द गरिएको हो । 

विभागका महानिर्देशक कुमार दाहालका अनुसार धेरै कर्मचारी रहेको कार्यालयमा एक जनालाई संक्रमण भएसगैँ सम्पूर्ण सेवा बन्द गर्नुपरेको हो । अर्काे सूचना जारी नहुँदासम्म कार्यालयबाट हुँदै आएको वैदेशिक रोजगारीका लागि दिईन श्रम स्वीकृति लगायतका सम्पूर्ण कार्यहरु नहुने कार्यालयले जनाएको छ । 

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बन्द भएको कार्यालय गत असार १८ गतेबाट पुनः खोलिएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved