रुसका लागि श्रम स्वीकृति खुल्ला भएको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 11:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले द्वन्दरत मुलुक रसियाका लागि श्रम स्वीकृति सुचारु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रसियाका लागि गत फागुन ९ गते पुनः श्रम स्वीकृति सुचारु गरेको हो ।

यसैगरी गत फागुन १६ गते संस्थागत संस्थागत श्रम स्वीकृति दिने सरकारले निर्णय गरेको हो । यी निर्णयहरु तत्कालिन सचिव केवल प्रसाद भण्डारीले गरेका हुन् । हाल भण्डारी सचिवबाट राजीनामा दिएर अवकाशमा गइ सकेका छन् । 

तर, यता नवनियुक्त श्रम मन्त्री डीपी अर्यालले यस विषयमा थप छलफल गरिने बताएका छन् । पूर्व मन्त्रीको पालामा भएको निर्णय भएकाले यस विषयमा के गर्ने भन्ने थप अध्ययन र छलफल हुने उनको भनाई छ । उनले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको काठमाडौंको आँखामा कर्णाली विषय कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।

वैदेशिक रोजगार विभागले भने बिहिबार एक सूचना जारि गरेर पूर्व मन्त्रीको पालमा नै स्वीकृति खुला गएिको जानकारी दिएको छ । 

हेर्नुस् विभागको विज्ञप्ति : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved