जाँदा जादै रुसको लागि संस्थागत श्रम स्वीकृति तर निर्णय भने गुपचुप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 02:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी र श्रम सचिव केवल प्रसाद भण्डारीले जाँदा जाँदै रुसको लागि संस्थागत श्रम स्वीकृति खुलाएर गएका छन् । विभिन्न माध्यम हुँदै रुस पुगेर रसियन सेनामा भर्ना भएका नेपाली श्रमिकको संख्या बढ्दै गै रहेको बेला गत फागुन ९ गते मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै म्यानपावर मार्फत श्रमिक जाने पाउने गरी खुला गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

रुस र युक्रेनको युद्धमा परी नेपाली नागरिकको मृत्यू हुने क्रम बढ्न थालेपछि परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट एनओसी लिएर मात्र गर्न सूचना जारी गरेको थियो । त्यस्तै, विभागले पनि गत पुस १९ गते एक सुचना जारी गर्दे रुसको सबै खालको श्रम स्वीकृति अर्को सुचना जारी नहुँदासम्मको लागि बन्द गरेको थियो । 

तर, गत फागुन १६ देखि श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक डुण्डुराज घिमिरले यस अघि नै रसिया पुगेर विभिन्न पेशा र व्यवसाय गरी बसेका श्रमिकको हकमा पनि पुन श्रम स्वीकृति खुला गरिएको बताए । तर, यो निर्णय भने विभागले गुपचुप राखेको थियो । विभागले रसियाको लागि श्रम स्वीकृति खुला गरिएको बिषयमा भने कुनै पनि सुचना जारी गरेको थिएन । 

रसियाको श्रम स्वीकृति खुला गरिएको बिषयमा आफु जानकार नरहेको नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । ‘मैले पनि विभिन्न सञ्चारमाध्यम आएपछि जानकारी पाए । मैले मन्त्रालयको कार्यभार सम्हाल्नु भन्दा पहिलाको नै निर्णय रहेछ । यो निर्णय ठिक हो वा होईन भन्ने बिषयमा मन्त्रालयले बिचार गर्नेछ,’ उनले बताए ।

श्रमिकको हकमा सुरक्षा पहिलो शर्त हो । तर, युद्धग्रस्त क्षेत्रमा यस बिषयलाई ख्याल नै नगरी श्रम स्वीकृति खुलाउनु गैरजिम्मेवारपन भएको विज्ञहरु बताउँछन् । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार रुसी सेनामा भर्ना भएका १७  जनाको मृत्यू भै सकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved