नेपालगञ्जमा किशोर प्रधान समूहको चुनावी भेलाका दृश्यहरु (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 03:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ । ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ ।

महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् । 

आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ । यो साधारणसभाले आगामी कार्यसमिति समेत चयन गर्ने भएकाले जिल्ला नगरको ५० प्रतिशत मतभारले यसवर्ष न्याय पाउने गरी किशोर प्रधानको समूहले निर्वाचन जित्ने पक्का भएको प्रधान समूहका निर्वाचन प्रचारप्रसार संयोजक अरुणराज सुमार्गी बताउँछन् ।

नेपालगञ्जको चुनावी भेलामा पनि सुमार्गीले कुनै अमुक व्यक्तिले चुनाव जिताउने ठेक्का लिने प्रवृत्ति यसपटकको निर्वाचनबाट समाप्त हुने दाबी गरेका छन् । 

हेर्नुहोस् तस्बिरहरुः










तस्बिरः गणेश श्रेष्ठ/बिजपाटी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved