महासंघको कोषाध्यक्षमा शुकुन्तलाल हिराचन र डी.बी. बस्नेत भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 11:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ । अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा आइतबार बसेको महासंघको पहिलो कार्यसमितिको बैठकले कोषाध्यक्षका दाबेदारलाई मनोनयन गर्न प्रस्ताव गरेको थियो । 

तर वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल समूहले निर्वाचन नभई सहमतिबाटै कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेको छ । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचन जितेका नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शुकुन्तलाल हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएपछि एकलौटी गरिने निर्णय नमान्ने भन्दै ढकाल पक्षले सहमति हुनुपर्ने बताएको छ । तर, सहमति हुन नसकेपछि निर्वाचनबाटै कोषाध्यक्ष छान्ने सहमति अनुसार महासंघका निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । 

१ लाख ५० हजार रुपैयाँ शुल्क तिरेर उम्मेद्वारले आजै मनोनयन गराउने र आजै दिउँसो महासंघको केन्द्रीय कार्यालयमा निनर्वाचन हुनेछ । गोल्छा पक्षबाट हिराचन र ढकाल पक्षबाट डि.बी. बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved