ओरालो लाग्दै सुनको भाउ, चाँदी स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 01, 2018 | 12:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको भाउ घटेको छ । बिहिबार प्रति तोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले घटेर ५८ हजार ४ सय रुपैयाँमा झरेको छ । बिहिबार प्रति तोला ५८ हजार ३ सयमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भईहेको छ । चाँदी भने केही दिनदेखी स्थिर छ । आज चाँदी बुधबारकै मूल्य अर्थात् प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८ सय १५ रुपैयाँ तोकेको छ । यसैगरी १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved