सुनको भाउ घट्यो चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 11:52:59 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबार ५१ हजार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved