यस्तो छ सुनको मूल्य अत्याधिक बढ्नुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 06:37:28 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागेको छ। असार ८ गते आइतबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ । यो हालसम्म कै महँगो उच्च मूल्य हो ।  

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो । अमेरिका–इरानबीचको बढ्दो तनाव, अन्तर्राष्ट्रिय व्यापार युद्ध र पछिल्लो अमेरिकी वित्तीय नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्चदरमा बढेको हो ।अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएपछि लगानीकर्ताले डलरभन्दा सुनमा लगानी बढाउन थालेका छन् । त्यस्तै, अमेरिका–चीन व्यापार युद्धलाई ध्यानमा राख्दै चीनले सुनको मौज्दात बढाउने घोषणा गरिसेकको छ । अमेरिकाले आफ्नो वित्तीय नीति बदल्दै आउँदो महिनादेखि बैंक ब्याजदर घटाउने घोषणा गरेको छ । सोहीकारण लगानीकर्ता डलर र सेयर बजारमा भन्दा सुनमा बढी आकर्षित भएका छन् ।

सरकारले आगामी आव ०७६/७७ का लागि ल्याएको बजेटले सुनको आयातमा भन्सार बढाएका कारणसमेत नेपाली बजारमा सुनको मूल्य बढेको हो । नेपालमा भन्सार बढाएका कारण आन्तरिक बजारमा सुनको भाउ थप १ हजार बढी भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved