एकैदिन १२ सयले बढ्यो सुनको भाउ, बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 09:32:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहिबार एकैदिन १२ सयले बढेर तोलाको ७१ हजार ५ सय पुगेको छ । साउन २८ गते सुनको भाउ ७१ हजार प्रतितोलामा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तोकेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

बुधबार तोलाको ७० हजारमा कारोबार भएको तेजावी सुन पनि १२ सयले बढेर प्रतितोला ७१ हजार २ सय पुगेको छ । आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ निर्धारण गरेको छ । आज १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved