आज पनि घट्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 11:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबार २ सयले घटेर ७० हजार ६ सयमा झरेको जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी ५ रुपैयाँले घटेर ८७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार २७५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved