बढ्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 08:55:24 AM मा प्रकाशित

laxmi  sunrise bank

गत हप्तादेखी निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको छ । मंगलबार तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ६९ हजार ८ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । 

चाँदी आज तोलामा १० रुपैयाँले महङ्गो हुँदै तोलाको ८३५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ८४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ५९ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved