सुनको भाउ ओरालो लाग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 09:08:38 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । गत शुक्रबार ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ७० हजार १ सयमा झरेको छ । 

तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले घटेर ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी गत शुक्रबारकै मूल्य प्रतितोला ८४५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १ सय, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार हजार ८४५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved