फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 10:44:43 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको भाउ बढेको छ । हिजो तोलाको ७० हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर ७० हजार ४ सय पुगेको छ । तेजावी सुन पनि तोलाको २ सयले महङ्गो हुँदै ७० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको छ । चाँदीको भाउ आज प्रतितोला ८५० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १ सय र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved