विदेशबाट सुन र गहना ल्याउदा लाग्ने भन्सार बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 11:20:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट आउँदा यात्रुहरुले सुन ल्याउँदा लाग्ने भन्सार दर बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेसंगै भन्सार दर बढेको हो । मन्त्रालयले  भारतमा भन्दा सुन नेपालमा सस्तो भएको र तस्करीको आशंकामा भन्सार दर बढाएको हो। 

अब सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ७५ सय लाग्ने छ।  ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ८५ सय लाग्ने छ । यस अघि यो दर क्रमश ७ हजार र ८५ सय थियो 

त्यस्तै सुनको गहनाको हकमा ५० ग्रामसम्म कुनै भासर लाग्ने छैन । तर ५० ग्रामभन्दा बढी थप सय  ग्रामसम्म सुनका गहनामा प्रति ग्राम ८५ सय भन्सार लाग्ने छ । सो भन्दा धेरै परिणाममा थप सय ग्रामसम्म प्रति १० ग्राम १० हजार भन्सार  लाग्ने छ 

सो भन्दा बढी सुन र सुनको गहना भने ल्याउन नपाइने भन्सार विभागले जनाएको छ । यदि कसैले ल्याएमा ति सुन सुन तथा गहना जफत हुने छ । 

हेर्नुस विभागको सूचना :




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved