सुनको भाउमा गिरावट जारी, आज कति घट्यो मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 11:18:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि सुन चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले घटेर तोलाको ७१ हजारमा झरेको छ ।

आइतबार तोलाको ७० हजार ९ सयमा रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज तोलामा २ सयले घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ८३५ रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको भाउ ६० हजार ८७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको भाउ ७१६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved