उकालो लाग्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 01:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

यसअघि निरन्तर ओरालो लागेको सुनचाँदीको मुल्य आज उकालो लागेको छ। मंगलबार प्रतितोला ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर ७४ हजार ७०० मा पुगेको छ।

त्यस्तै मंगलबार प्रतितोला ७३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मुल्य आज ७४ हजार ४०० मा उक्लिएको छ। त्यस्तै चाँदीको भाऊ तोलामा ५ रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved