सुनको भाउले तोड्यो सबै रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 11:34:31 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलवार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । शुक्रवार तोलाको  १८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलवार २ सय रुपैया बढेर ८२ हजार सात सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा २ सयले नै बढेर ८२ हजार ४ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य टोलमा ८९० रुपैयाँमा  स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७० हजार ९ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७० हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७सय ५४ दशमलव ५० रुपैयाँ कायम गरेको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्म्कै उच्च हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved