सुनको भाउ एकैपटक ८ सयले घट्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 12:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । बुधबार तोलाको ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ८ सय रुपैयाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा झरेको छ । 

तेजावी सुन तोलामा ८ सय रुपैयाँले नै घटेर ८१ हजार २ सय रुपैयाँमा आइपुगेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ८६० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६९ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६९ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved