सुनचाँदी व्यवसायी महासंघले भन्यो, ‘गहना बेच्न सर्वसाधारणको घुँईचो लागे थेग्न सक्दैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 01:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलन नदिन मूलुक लकडाउन हुँदा सुनचाँदी व्यवसाय संकटमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ६० अबै रुपैयाँ लगानी रहेको व्यवसाय धरासयी बन्दै गएको बताएको छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले  सुनचाँदी व्यवसायलाई संकटबाट बचाउन सरकारसँग थप सहुलियत पूर्ण ऋण, ब्याज र दस्तुर मिनाहाको माग गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार साहले जारी गरेको विज्ञप्तिमा गतवर्ष देखिनै सुनको भाउमा आएको उच्च वृद्धिका कारण मारमा परेको सुनचाँदी व्यवसाय पछिल्लो ३ महिनादेखि भएको लकडाउनका कारण झन् संकट्ग्रस्त भएको जनाईएको छ । 

लकडाउनकै कारण सुनको मूल्य ८९ हजार ७ पुगेको छ । महासंघका अनुसार यो मूल्य अझै बढ्दो क्रममा छ । हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन राजस्व भन्सार अभिवृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको हो । महासंघले भनेको छ, ‘यस्तो अवस्थामा लकडाउनका कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुईँचो फिर्ता बिक्रीका लागि एकैचोटी आएमा बजारले थेग्न सक्ने अवस्था रहँदैन ।’ 

महासंघले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्न अनुरोध गरेको छ ।

महासंले कोरोना विरुद्दको अभियानमा लड्न सरकारलाई १५ लाख रुपैयाँ सहयोग पनि गरेको छ । महासंघ मातहतका ६५ वटा जिल्ला, नगर संघ मार्फत एक करोड ८ लाख रुपैयाँ बराबरको राहत वितरण कार्य पनि भएको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved