बिहीबार सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 11:04:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको । बुधबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि बुधबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९० हजार ६६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

चाँदीको भाउ भने बिहीबार १० रुपैयाँले घटेको छ । आज बिहीबार चाँदी प्रति तोला ९३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ११० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved