सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 11:57:20 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउले किर्तीमानी कायम गरेको छ । शुक्रबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर ९० हजार ८६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज आइतबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ९०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved