सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 11:07:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउले किर्तीमानी कायम गरेको छ । मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय पुगेको छ । तेजावी सुन आज तोलामा ६३५ सय रुपैयाँले नै बढेर ९१ हजार ४०० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रति तोला ९६० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८२३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved