आइतबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 10:47:23 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved