सोमबार २ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 10:50:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९६ हजार ७ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय २० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved