बिहीबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 10:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार पनि सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९३ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर ९२ हजार ६ सयमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९६० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved