शुक्रबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 10:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहीबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार २ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved