चीनका व्यवसायीलाई नेपालमा लगानी बढाउन ढकालको आब्हान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 05:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डिराज ढकालले नेपाली उत्पादनहरुका लागि दक्षिण र दक्षिण पूर्वी एशियानै बजार हुन सक्ने बताएका छन। चीनमा आयोजना भएको डीपेन दि शिल्करोड कोअपरेशन जीनान २०१९ साउथ एशिया एण्ड साउथ इष्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयरमा सम्बोधनको क्रममा यस्तो बताएका हुन्। 

वैदेशिक मामिलाका वरिष्ठ अधिकारीहरू, सार्कका उद्यमी व्यवसायी नेताहरू, चिनिया उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको  कार्यक्रमलाई संवोधन गर्दै ढकालले चिनियाँ राष्ट्रपतिको हालै सम्पन्न भम्रणका क्रममा भएका सहकार्य नेपालको विकासका लागि महत्वपूर्ण आधार हुन सक्ने बताए।  

'सिंगो दक्षिण एशियानै ग्लोवल ट्रेडिङ र इमर्जिङ क्षेत्रको रूपमा अगाडी बढीरहेको अवस्थामा चीन र दक्षिण एशिया बीच जुन किसिमले सम्बन्ध विकसित भैरहेको छ यसको अधिकतम फाइदा उठाउंदै नेपालमा सूचना प्रविधि, पूर्वाधार विकास (रेल, सडक, हवाई उड्डयन, एयरपोर्ट) मा लगानी गर्न उनले चिनिया लगानीकर्ताहरूलाई आव्हान गरे।

बेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआई) अन्तरगत चीनले अहिले नेपाल सहित वंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, अफगानिस्थान लगायतका देशलाई लिंक रोडको रुपमा राखेको छ।  

 






 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved