लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सहकार्य गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 07:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सहकार्य गर्ने भएका छन् । परिसंघ र मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरु बीच विस्वासको वातावरण बनाउदै यस्तो सहकार्य गर्ने भएका हुन ।

बुधबार परिसंघमा सहकार्य गर्ने सम्बन्धी छलफल भएको थियो । छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत् गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।  सचिव खतिवडाले एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताएकी हुन् । 

छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायी बीच विश्वासको वातावरण बनाउन आपसि छलफललाई निरन्तरता दिदै जाने बताए । अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानूनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved